×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएलजी इन्स्योरेन्सको नाफामा ७५.७८% को छलाङ, ५८ करोड २२ लाख रुपैयाँ कुल दाबी भुक्तानी (विवरणसहित)

PRIME CA

एनएलजी इन्स्योरेन्सको नाफामा ७५.७८% को छलाङ, ५८ करोड २२ लाख रुपैयाँ कुल दाबी भुक्तानी (विवरणसहित)

३० माघ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनएलजी इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमास १५ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ७५.७८% धेरै हो । कम्पनीले खुद बिमा शुल्क पनि २७.१२% ले बढेको छ । पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी ३० रुपैयाँ ५ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २४४ रुपैयाँ ४१ पैसा छ । 
सो अवधिमा बिमा कोषको आकार पनि ८३ करोड ६० लाख रुपैयाँबाट बढेर ९७ करोड ३२ लाख रुपैयाँ कायम भएको छ । यस अवधिमा २१ करोड ३२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । यो त्रैमाससम्म एनएलजीले ५८ करोड २२ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: