
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनएमबि बैंक र नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघबीच सम्झौता भएको छ । बैंक र महासंघबीच संघका सदस्यहरूको क्षमता अभिवृद्धि, वित्तीय परामर्श, संघका सदस्यहरुलाई सहजपूर्ण कर्जा उपलब्ध तथा खाता सञ्चालन सहितका विविध क्षेत्रका गतिविधिहरूमा साझेदारी स्थापना गर्ने सम्बन्धी सम्झौता भएको हो ।
एनएमबि बैंकका तर्फबाट लघु, साना तथा मझौला कर्जा र लघुवित्त प्रमुख बुद्धिकुमार मल्ल र नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघका तर्फबाट केन्द्रिय उपाध्यक्ष कृष्णचन्द्र पौडेलले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । एनएमबि बैंक समृद्ध नेपाल निर्माणमा सहभागी हुने लक्ष्य सहित देशको दिगो विकासमा टेवा पुर्याउने क्षेत्रहरु जस्तै साना तथा मझौला उद्योग, कृषि, जलश्रोत लगायत उद्यमशिलता प्रवद्र्धनमा महत्वपूर्ण भुमिका खेल्दै आईरहेको छ । बैंकले हालसम्म देशभरी रहेका १८० शाखा, १३५ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरूमार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्