×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एचआरसीपीले गर्यो मानवअधिकारकर्मी करीमा बलोचको अन्त्येष्टिका समयमा गरिएका आन्तरिक गतिविधिको निन्दा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एचआरसीपीले गर्यो मानवअधिकारकर्मी करीमा बलोचको अन्त्येष्टिका समयमा गरिएका आन्तरिक गतिविधिको निन्दा

२६ माघ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

लाहोर । पाकिस्तानको मानवअधिकार आयोग (एचआरसीपी) ले मंगलबार मानवअधिकारकर्मी करीमा बलोचको अन्त्येष्टिका समयमा गरिएका आन्तरिक गतिविधिहरुको निन्दा गरेको छ । क्यानडामा हत्या गरिएक करिमाको अन्त्यष्टिमा पनि अमानजनक व्यवहार देखाउने प्रयास भएको भन्दै पाकिस्तान अधिकार आयोगले निन्दा गरेको हो ।
एचआरसीपीले ट्विटमार्फत भनको  छ, ‘पाकिस्तानी अधिकारीहरूले मानवअधिकारकर्मी करीमा बलोचको अन्त्येष्टि व्यवस्थालाई असफ पार्न खोज्‍ने प्रयास अपमानजनक, दुःखद हुनुका साथै बलुचिस्तान र त्यसका जनताप्रति राज्यको दृष्टिकोण झल्किएको छ ।’ पाकिस्तान सिनेटमा विपक्षी दलका सदस्यहरूले सोमबार कराची बलोचको शवलाई अन्तिम श्रद्धाञ्‍जलीका लागि राखिएको समयमा गरिएको ‘अनादर’ को निन्दा गरेका हुन् । गत महिना क्यानाडामा रहस्यमय परिस्थितिमा मृत फेला परेकी करीमाको शव पाकिस्तान ल्याएर अन्त्येष्टि गरिएको थियो ।
बलूचिस्तान टाइम्सका अनुसार उनको अन्तिम श्रद्धाञ्‍जली सभामा समेत प्रतिबन्ध लगाउन प्रयास भएको थियो । सयौं सेनाको निरीक्षणमा उनको अन्त्येष्टि गरिएको छ । उनलाई गाड्नुअघि जिल्लाभर मोबाइल सेवाहरु बन्द गरिएका थिए भने त्यस वरपरका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो । करीमाको हत्याको विरोधमा युरोप र उत्तरी अमेरिकाभर प्रदर्शन गरिएको थियो । उनको हत्यामा संलग्‍न दोषीलाई कारबाही गर्नुपर्ने माग गरिएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: