
ईशलका बुबा अफजल मसिह, चर्चका पादरी सोहेल मसिहका साथ एचआरएफपी कार्यालय गएका थिए र कानुनी टोलीलाई यसबारे जानकारी गराएका थिए । उनको छोरीको निर्मम हत्याविरुद्ध उनी फैसलाबादको सेशन्स कोर्टमा मुद्दा दायर गरेका थिए । “एचआरएफपीको तथ्य पत्ता लगाउने टोलीले घटनास्थलको अवलोकन गर्यो र इशल अफजल ६ जनवरी बिहान ८:३० बजेतिर घरबाहिर खेल्दा बेपत्ता भएको थाहा पाए”, विज्ञप्तिमा भनिएको छ ।
उनको परिवारले फैसलाबादको जरणवाला रोडमा सदर पुलिस स्टेशनमा उकजुरी पनि गरेका थिए । भोलिपल्ट इलाकाको पोखरीमा पुलिसले ईशलको लास बरामद गरे। एचआरएफपीको विज्ञप्तिमा भनिएको छ, “प्रारम्भिक मेडिकल रिपोर्टहरूले देखाएको छ कि बलात्कारपछि उनलाई झुण्डाइएको थियो । पुलिसले २ संदिग्धलाई सोधपुछ गरे पनि कुनै प्रमाण नभेटिएपछि रिहा गरेको थियो ।”
एचआरएफपीका अध्यक्ष नावेद वाल्टरले यो मुद्दा इसाई, हिन्दू र अन्य अल्पसंख्यक समुदायका केटीहरूको अपहरणसँग जोडिएको बताएका छन् । वाल्टरले भने, ‘बालिका अपहरणको पछिल्ला तथ्यांकहरु हेर्दा दैनिक आठदेखि १० वटा घटनामा पुगेका छन् ।”उनले समुदायलाई नाबालिगको हेरविचार गर्न र सम्बन्धित क्षेत्र र घरहरूमा अपरिचितहरूको सहज पहुँच बन्द गर्न अपील गरेका छन् ।