
- अर्थ सरोकार संबाददाता
काठमाडौं । कोरोना कहरकै कारण अर्थतन्त्रमा परेको असरले विभिन्न क्षेत्रमा रोजगारीका अवसर खुम्चिएको सन्दर्भमा लोकप्रिय राइड सेयरिङ प्लाटफर्म ‘पठाओ’मा भने दैनिक अनलाइन तालिम लिएर पठाओमा दर्ताभै काम गर्नेको सङ्ख्या बढेको बताइएको छ । यसै परिप्रेक्षमा रोजगारीको ढोका खुल्ला राख्न पठाओले दैनिक ‘पठाओ राइडरकालागि आधारभुत तालिम’ अनलाइन मार्फतनै संचालन गर्दै आएको पठाओ नेपाल प्रालिद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ । कोरोना कहर अगाडि कार्यालयमै संचालन हुँदै आएको तालिम हाल स्वास्थ्य सुरक्षाको सावधानी अपनाउन अनलाइन मार्फत संचालन गरिएको हो ।
कोरोनाको समय भन्दा अगाडि दैनिक सय राइडरले आधारभुत राइडर तालिम लिएर पठाओ सेवा सुरु गर्ने गरेकोमा अहिले दैनिक २ सय राइडर पठाओमा जोडिँदै आएको पठाओ नेपाल प्रालिका क्षेत्रिय निर्देशक असिममान सिंह बस्नेत हस्ताक्षर गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ । सुरुमा मध्य बानेश्वरमा रहेको पठाओको कार्यालयमा गएर नाम र फोन नम्बर दर्ता गराउनु पर्छ। त्यसपछि मोबाइलमा एसएमएसमा मार्फत अनलाइन तालीमको लिंक प्राप्त हुन्छ । सो लिङ्क खोलेर तोकिएको समयमा तालीम लिन सकिन्छ। सिकेवल नेपाल प्रालिले सहजीकरण गर्ने अनलाइन तालिम करिब १ घण्टा अवधीको हुन्छ। तालिममा पठाओ एप चलाउन, दर्ता प्रक्रिया र डकुमेन्ट अपलोड गर्न सिकाइन्छ। ग्राहकसँग गर्नुपर्ने व्यबहार र इन्स्योरेन्स पोलिसीका बारेमा पनि तालिममा बताइन्छ ।
साथै तालिममा राइडका क्रममा आइपर्ने समस्या समाधानका उपाय र कम्पनीको नियमका बिषयमा सुझाइन्छ।दिनमा २ पटक संचालन हुँदै आएको तालीम बिहान ८ बजे र दिउँसो साँढे २ बजे लिन सकिन्छ। हप्तामा सातै दिन हुने तालिम शनिवार बिहान मात्र र आइतबार दिउँसो मात्र संचालनहुँदै आएको छ।तालिम पश्चात् राइडरले पठाओ एपमा आवस्यक कागजात (नागरिकता, ब्लु बुक, सवारी चालक अनुमति पत्र) अपलोड गर्नु पर्ने हुन्छ। पारिवारिक सदस्यको नाममा भएका र फाइनान्स गरिएका बाइक पनि प्रयोग गर्न सकिने छ । कागजात अपलोड गरेको ३ दिन भित्रमा पठाओले भेरिफाइड गरेपछी राइडरले काम सुरु गर्न सक्ने छन्।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्