Skip to content
LAXMI SUNRISE BANK

प्रभु क्यापिटलद्धारा होस्टे हैंसे संस्थालाई छात्रावृत्ति प्रदान

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न जिल्लाहरुमा शिक्षाको पहुँचबाट बन्चित रहेका विद्यार्थीहरुलाई पूर्ण छात्रावृत्ती प्रदान गर्ने गरी शिक्षाको पहुँचबाट वञ्चित रहेका विद्यार्थीहरुलाई शिक्षा प्रदान गर्ने कार्य गरिरहेको गैर मूनाफामूलक संंस्था Hoste Hainse (होस्टे हैंसे) सँग सम्झौता गरेको छ ।
“आँखाले ज्योती, शिक्षाले उज्यालो” भनेझै बालबालिकाहरुको उज्वल भविष्यको लागि शिक्षा अनिवार्य आवश्यकता भएको हुँदा शिक्षाको पहुँचबाट कोही पनि वञ्चित नरहुन भन्ने उद्देश्यका साथ प्रभु क्यापिटलले सामाजिक उत्तरदायित्व वहन गर्दै छात्रावृत्ति प्रदान गरेको हो ।  साथै प्रभु क्यापिटल लिमिटेडले सामाजिक दायित्व अन्तर्गतका कार्यहरु गर्दै अगाडि बढिरहेको र भविष्यमा समेत यस्ता सामाजिक दायित्व अन्र्तगतका कार्यहरु गर्ने जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK