Skip to content
LAXMI SUNRISE BANK

प्रभु क्यापिटलले सुरु गर्यो ‘८ टु ८ सेवा’, डिम्याट खाता सम्बन्धी सेवालाई प्रभावकारी बनाउने उद्देश्य

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रभु क्यापिटलले बिहान ८ बजेदेखि राती ८ बजेसम्म सेवा सूरु गरेको छ । क्यापिटलले आफ्ना ग्राहकहरुलाई नियमित कार्यालय समय बाहेक विहान र साँझको अतिरिक्त समयमासमेत डिम्याट खाता सम्बन्धी सेवा प्रदान गर्ने गरी ‘८ टु ८ सेवा’ सुरु गरेको हो ।
विहान ८ बजेदेखि नियमित कार्यालय समय १० बजेसम्म र साँझ ४ बजेपछि बेलुकी ८ बजेसम्म ‘८ टु ८ सेवा’ अन्तरगत निम्नलिखित सेवाहरु प्रदान गरिने कम्पनीले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ । डिम्याट खाता सम्बन्धी सेवालाई अझ प्रभावकारी बनाउने अभिप्रायले माघ २५ गते आइतबारदेखि सार्वजनिक बिदा र शनिबारको दिन बाहेक हरेक दिन लागू हुनेगरी बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म प्रदान गर्न लागिएको सेवाहरु यसप्रकार छन् ।
१. डिम्याट खाता खोल्ने,
२. मेरो सेयर खाता खोल्ने,
३. डिम्याट र मेरो सेयर खाता नविकरण गर्ने,
४. मेरो सेयरको पासवर्ड रिसेट गर्ने,
५. भौतिक सेयरलाई अभौतिकीकरण कार्य गर्ने,
६. बैंक खाता लगायत डिम्याटका विवरणहरु अद्यावधिक गर्ने,
७. राफसाफको लागि डीआईएस लिने,
८. सेयर रोक्का राख्ने कार्य, आदि ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK