×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भ्यालेन्टाइन्सलाई लक्षित गरेर क्विकरफुडले ल्यायो ‘फुड-एन्टाइन्स’ अफर

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

भ्यालेन्टाइन्सलाई लक्षित गरेर क्विकरफुडले ल्यायो ‘फुड-एन्टाइन्स’ अफर

२६ माघ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
विराटनगर । पश्चिमी संस्कृतिलाइ सहजै अङगाल्दै आएका हामी ‘भ्यालेन्टाइन्स डे’ अर्थात ‘प्रेम दिबसमा’ रमेको छर्लगै देखिन्छ । विराटनगर पनि सुस्तरि सुस्तरि बेहुलि झै सुसजित भै बेग्लै खुसीमा मुस्कुराइ रहेको छ । ती खुशी र मुस्कानमा आफ्नो सेवाको रस भर्न क्विकरफुडले भ्यालेन्टाइन्सलार्ई लक्षित गरी ‘फुड-एन्टाइन्सका’ साथ धेरै भन्दा धेरै अफर ल्याइसकेको छ ।
आफुलाई मनपर्ने खानालाई भोकको सारथी बनाइ केही पलमै ढोका सम्मै ल्याइदिने सहजताका कारण निकै छोटो समयमा नै विराटनगरवासीको मनमस्तिष्कमा कब्जा गर्न क्विकरफुड सफल भएको छ । सुलभ सुविधालाइ मध्यनजर गर्दै समय र परिस्थिति सापेक्ष छुट र उपहार प्रदान गर्ने क्विकरफुड भ्यालेन्टाइन्सका निम्ति ‘फुड-एन्टाइन्सका’ साथ पनि उत्तिकै उत्साह र जोशमा देखिन्छ ।
६ फेव्रूअरी देखि सुरु भएको उक्त ‘फुड-एन्टाइन्समा’ मा सोधिने प्रश्नको सही उतर दिने मध्य एक भाग्यशाली बिजेतालाइ भायनेट कम्युनिकेशनको ६ महिनाको फ्रि इन्टरनेट को व्यवस्था रहेको छ । त्यसैगरी यो अवधिभरी अर्डर गर्ने मध्य ५ भाग्यशाली जोडी लाइ ‘भ्यालेन्टाइन्स डे’ मा आमाज़ व्याक्यार्द, विंक, ह्यासट्याग र ग्रील टु चिल रेस्टुरेन्ट फ्रि डिनर कुपन दिइनेछ । साथै यस फुड-एन्टाइन्समा ५ भाग्यशाली जोडी लाई सिटी सिनेमाको मोभि टिकट दिइनेछ ।
क्विकरफुडका निर्देशक दिबस दाहालका अनुसार ७ फेव्रूअरी देखि १४ फेव्रूअरी सम्म एनआइसी एसियाको भिषा वा मास्टरकार्डमार्फत अनलाइन भुक्तानी गर्ने ग्राहकले १४५ अथवा ३५० रुपैयाँसम्मको क्यासव्याक पाउने भएका छन् । साथै डिजिटल वालेट खल्ती बाट १४ जना भाग्यशाली ग्राहक लाई २०० बराबरको खल्ती भौचर पनि प्रदान गर्ने भएको छ । यस अवधिभर ग्राहकहरुले गुलाबको फूल, चकलेट, टेडी बियर, मफिन-पेष्ट्री, कपल टिसर्ट, फुड कुपन जस्ता विभिन्न आकर्षक उपहारको पनि व्यवथा भएको जानकारी दाहालले दिएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: