Skip to content
LAXMI SUNRISE BANK

रसुवा-केरुङ नाका पूर्णरुपमा सञ्चालन नहुँदा रसुवालीहरु मारमा, नाका संचालन गर्न सदस्य मोहन आचार्यको माग

अर्थ सरोकार

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य मोहन आचार्यले केरुङ नाकाले पनि धेरै रसुवाली जनतालाई अवसर प्रदान गर्न सक्ने बताए । यद्यपी नाका पूर्ण रुपमा सञ्चालन हुनुपर्ने उनको माग छ । नौकुण्ड गाउँपालिकास्थित आरुखर्क जुरेढुंगा युवा समाजद्वारा आयोजित सोनाम ल्होसार कार्यक्रममा उनले भने, ‘रसुवागढी-केरुङ नाका कहिले खुल्ने, कहिले बन्द हुने हुँदा यसको प्रत्यक्ष असर रसुवाली जनतामा परेको छ।’
नाका प्रभावित हुँदा रसुवाली जनताको गरिखाने बाटो बन्द भएको ,ऋण गरेर ४०० भन्दा बढी कन्टेनर खरिद गरेका रसुवालीहरु आज किस्ता तिर्न नसकेर गाडीनै बुझाउने अवस्थामा पुगेको बताउँदै उनले जसका कारण धेरैको रोजीरोटी गुमेको बताए । १ वर्षदेखि चिनियाँ भू-भागमा रहेका गाडी र १ हजार बढी कन्टेनर र सामग्री के कस्तो अवस्थामा छन् भन्ने थाहा नभएको भन्दै उनले ब्याज र किस्ता तिर्न नसकेर १ जना व्यापारीले आत्महत्या नै गरेको खबरले दुःखी बनाएको पनि बताए । त्यस्तै जनप्रतिनिधिको हैसियतमा आफूलाई पूर्वधार विकासको क्षेत्रमा राम्रो ज्ञान रहेको भन्दै उनले रसुवाका अरु जनप्रतिनिधिले पनि राम्रो सहयोग गरिरहेको भन्दै आभार प्रकट गरे ।
उनले भने, ‘पूर्वाधारका विषयमा आउने दिनमा के गर्ने भन्ने कुरा मलाई राम्रोसँग ज्ञान छ, हामी विभिन्न भूगोलहरुमा सडक बाटाहरु बनायौँ । अब त्यही बाटामा गाडी चढ्ने अवस्थामा रसुवाली दाजुभाइ तथा दिदीबहिनीलाई पुर्याउनुपर्छ भन्ने जमर्को हामीले लिएका छौं ।’ कार्यक्रममा बागमती प्रदेश सांसद प्रेम तामाङ, उत्तरगया गाउँपालिकाका प्रमुख उपेन्द्र लम्साल, नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्पु साङ्बो घले, आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङलगायतको उपस्थित रहेको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK