Skip to content
LAXMI SUNRISE BANK

रसुवास्थित टिमुरे सुख्खा बन्दरगाहको निर्माण कार्य निकै सुस्त भएको भन्दै परराष्ट्र मन्त्रलयको ध्यानाकर्षण

अर्थ सरोकार

काठमाडौं । रसुवास्थित टिमुरे सुख्खा बन्दरगाह निर्माणको जिम्मा लिएको चीनले हालसम्म ११ प्रतिशतमात्रै काम भएको छ । परराष्ट्र मन्त्रलयले चिनियाँ दूतावासलाई एक पत्र पठाउँदै नेपालमा चिनियाँ कम्पनीहरुले जिम्मा पाएका परियोजनाको निर्माण कार्य निकै सुस्त भएको भन्दै ध्यानाकर्षण गराएको छ ।
चीन र नेपालबीच १२ मे, २०१९ मा रसुवाको टिमुरे सुख्खा बन्दरगाह निर्माणको सम्झौता भएको थियो । सम्झौताका क्रममा उक्त परियोजना ३० डिसेम्बर २०२१ मा सम्पन्‍न गर्ने बताइएको छ । तर, निर्माण कार्य सम्पन्‍न हुन ८ महिनामात्रै बाँकी रहँदा ११ प्रतिशतमात्रै काम सम्पन्‍न भएको छ । परराष्ट्र मन्त्रालयले पठाएको पत्रमा भनिएको छ, ‘उक्त सम्झौता बमोजिम, टिमुर ड्राई पोर्ट परियोजना निर्माण कार्य सुरु भएको मितिदेखि ३० महिनाभित्र पूरा गर्नुपर्नेछ ।
अर्थात २०२१ सम्म डिसेम्बरसम्म ३० सम्म सम्मन्‍न गरिसक्नुपर्ने थियो । निर्माण कम्पनीले सरकारको सम्बन्धित अधिकारीलाई पेश गरेको प्रगति प्रतिवेदन बमोजिम नेपालका हालसम्म कुल निर्माण कार्यमा ११ प्रतिशत मात्र काम सकिएको छ । अहिले निर्माण कार्य रोकिएको छ । निर्माण क्षेत्रमा रहेका चिनियाँ कामदारहरु नयाँ वर्ष मनाउन चीन फर्किएपछि काम अलपत्र परेको हो । केही मानिसहरु गत वर्षदेखि काममा फर्किएका छैनन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK