×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

किसान लघुवित्त वित्तीय संस्थाको नाफासहित अधिकाशं सूचकमा छलाङ, खराब कर्जा ४.११% ले बढेर ७.५०% पुग्यो !

PRIME CA

किसान लघुवित्त वित्तीय संस्थाको नाफासहित अधिकाशं सूचकमा छलाङ, खराब कर्जा ४.११% ले बढेर ७.५०% पुग्यो !

३ फाल्गुन २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको दोस्रो त्रैमासक वित्तीय विवरण सार्वजनिक भएको छ । संस्थाले यस अवधिमा ३ करोड ७२ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको छ । संस्थाको यो नाफा गत वर्षको भन्दा ७३१.३२% धेरै हो । एनआरएन, किसान र दिव्य लघुवित्त मर्जर भएर एकीकृत कारोबार गरिसकेपछि कम्पनीको नाफामा ७३१.३२% को सुधार भएको हो ।
संस्थाको अधिकासं सुचकमा आकर्षक सुधार भएको छ । खुद ब्याज आम्दानी ३३९.१०% ले बढेर १७ करोड १० लाख ९९ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा पनि ३ करोड ३२ लाख ६७ हजार रुपैयाँले बढेर ३ करोड ५७ लाख ११ हजार रुपैयाँ पुगेको छ ।
किसान लघुवित्तको खराब कर्जा भने ४.११% ले बढेर ७.५०% पुगेको छ । प्रतिसेयर आम्दानी वार्षिक ९ रुपैयाँ ४७ पैसा र प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ५२ पैसा छ । जगेडा कोष पनि ११७७.५२% ले बढेर १० करोड ८० लाख ९१ हजार रुपैयाँ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: