
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । शिखर इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २४ करोड १४ लाख १० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ११.७३% ले धेरै हो । यस अवधिसम्म बिमा कोष ११.४२% ले बढेर १ अर्ब १७ करोड ८० लाख १५ हजार रुपैयाँ पुगेको पनि कम्पनीको सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
पुस मसान्तसम्म आइपुग्दा ७४ करोड ४५ लाख २८ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । कम्पनीको रिजर्भ कोषमा ९४ करोड ७ लाख ३५ हजार रुपैयाँ जम्मा भएको छ । यस्तै अहिलेसम्म कम्पनीले कुल १ अर्ब ८५ लाख ७१ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ भने भुक्तानी हुन बाँकी दाबी रकम १ अर्ब ७१ करोड ५ लाख २४ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी वार्षिक ३५ रुपैयाँ १३ पैसा र प्रतिसेयर नेटवर्थ २६७ रुपैयाँ ९७ पैसा रहेको पनि सार्वजनिक गरिएको विवरणमा उल्लेख छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्