×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वाभिमान लघुवित्त वित्तीय संस्थाले बोलायो वार्षिक साधारणसभा, यस्ता छन् छलफलका मुख्य एजेण्डा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

स्वाभिमान लघुवित्त वित्तीय संस्थाले बोलायो वार्षिक साधारणसभा, यस्ता छन् छलफलका मुख्य एजेण्डा

२१ माघ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको वार्षिक साधारणसभा आगामी फागुन १३ गते हुने भएको हो । उक्त साधारणसभा भने डार्सिज इन्टरनेसनल होटल बुटवल रुपन्देहीमा बिहान ११ बजे हुने भएको छ ।
सभामा २० प्रतिशत बोनस सेयर र कर तिर्न १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेश हुने भएको छ । यस्तै जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने र सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि रहेको छ । अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसन गर्नु परेका सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि सभामा पेश हुने भएको छ । सभा प्रयोजनका लागि माघ ३० गते बुक क्लोज हुनेछ । उक्त साधारण सभामा माघ २९ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा माग लिन र प्रस्तावित लाभांश पाउने भएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी