- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा संस्थाको २० प्रतिशत बोनसपछिको मूल्य समायोजन भएको हो ।
समायोजनपश्चात संस्थाकोसेयर मूल्य प्रतिकित्ता २३३३ रुपैयाँ रहेको छ । पछिल्लो कारोबारमा संस्थाको सेयर प्रतिकित्ता २७९९ रुपैयाँमा किनबेच भएको थियो । प्रतिकित्ता २३३३ रुपैयाँलाई आधार मानेर अबको कारोबार खुल्नेछ ।