×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

TEDx पुतलिसडकले गर्‍यो ‘मूभिंग मोमेन्ट्स’ TEDx कार्यक्रमको आयोजना, उद्यमशीलता र संस्कृतिको विचारहरुलाई प्रबर्द्धन गर्ने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

TEDx पुतलिसडकले गर्‍यो ‘मूभिंग मोमेन्ट्स’ TEDx कार्यक्रमको आयोजना, उद्यमशीलता र संस्कृतिको विचारहरुलाई प्रबर्द्धन गर्ने

२६ माघ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । TEDx पुतलिसडकले फेब्रुअरी 6, 2021 मा नवप्रवर्तन, सक्रियता, उद्यमशीलता, नेतृत्व, र संस्कृतिको विचारहरु लाई प्रबर्द्धन गर्न ‘मूभिंग मोमेन्ट्स’ शीर्षक अन्तर्गत एक TEDx कार्यक्रम आयोजना गर्‍यो । TEDx कार्यक्रम पूर्ण योजनाबद्ध र स्वतन्त्र रूपमा समुदाय आधारमा गरिने कार्यक्रम हो । प्रत्येक TEDx कार्यक्रमको सामग्री र डिजाइन अद्वितीय र स्वतन्त्र रूपमा विकसित गरिएको हुन्छ र ती सबैको साझा उद्देश्य भनेको आम व्यक्तिलाई कुराकानी स्पार्क गर्न र अर्थपूर्ण सम्बन्धहरू निर्माण गर्न मद्दत गर्नु हो ।
‘मूभिंग मोमेन्ट्स’ को प्रमुख विषयवस्तुको साथ, कार्यक्रम अर्पान बैंक्वेट प्रा.लि.मा आयोजित गरिएको थियो । यसमा छ वटा प्रत्यक्ष वक्ताहरूको व्यक्तिगत कथाहरू र विचारहरू प्रस्तुत गरिएको थियो । मुख्यतया हाम्रो समाज, कार्य क्षेत्र, नेतृत्व र व्यक्तिगत जीवनमा विभिन्न पक्षहरूमा परिवर्तनको सारको बारेमा आफ्नो बिचार र भनाई प्रस्तुत गरिएको थियो । कार्यक्रममा किरण नेपालीले आफ्नो अनौठो प्रस्तुतीकरण र आधुनिक संगीत संस्कृतिको साथ लोक साधन ‘सारंगी’ लाई अनुकूलन गर्दै श्रोताहरुलाई स्तब्ध पारे ।
त्यसपश्चात संगीता डोङ्गोलले युवा पुस्तालाई लिपि र भाषाको महत्व सिकाउँदै परम्परागत नेपालको संस्कृति र लिपि संरक्षणका लागि काम गर्न एक नयाँ अभिनव प्रस्तुतीकरण गरेकी थिइन् । यस्तै प्रदीप खतिवडाले संकट व्यवस्थापन सम्बन्धी तथ्यांक र सूचनाको महत्त्वलाई प्रेरित गरे भने महेश्वर कुमार नकर्मीले पहिलो लाइसेन्स प्राप्त विमान मेकानिक बन्नका लागि सबै चुनौतिहरू कसरी पार गरे भन्ने बारेमा आफ्नो कथा साझा गरे । धेरै कलिलो उमेरमा उनको सपना पुरा गर्न उनले सामना गरेका कठिनाईका कथाहरू श्रोताहरूले राम्रोसँग बुझे ।
निश्मा ढुंगाना चौधरीले मानसिक स्वास्थ्यको महत्त्वमा जोड दिए र आफू वरपरका लैंगिक असमानताका विरुद्ध लड्दै गरेको यात्राको वर्णन गरिन् । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख आयोजक अजय पाण्डेले भने, ‘जब पनि समाज परिवर्तन हुनु आवश्यक छ, युवा परिवर्तन निर्माता बन्छ । टेडएक्स पुतलिसाडकको यस आयोजनाको एक मात्र उद्देश्य टेड अनुभवको साथ समाजको सकरात्मक परिवर्तन गर्ने प्रेरणादायक नायकहरुलाई आवाज दिनु हो ।’कार्यक्रममा साङ्गितिक प्रदर्शन र कबिताको प्रदर्शनले दर्शकलाई थप मनोरन्जन प्रदान गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: