×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नाडाद्वारा महानगरिय ट्राफिक प्रहरी महाशाखालाई ५ सय थान फ्लोरोसेन्ट ज्याकेट हस्तान्तरण

PRIME CA
GLOBAL IME BANK

नाडाद्वारा महानगरिय ट्राफिक प्रहरी महाशाखालाई ५ सय थान फ्लोरोसेन्ट ज्याकेट हस्तान्तरण

२१ माघ २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार संबाददाता
काठमाडौं । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ६ सदस्य नाडा प्रतिनिधि मण्डलले महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रबक्ता प्रहरी उपरिक्षक श्याम अधिकारीसंग भेटी राजधानीको ट्राफिक व्यवस्थापनमा देखिएका समस्याहरु र त्यसको निराकरणहरु बारे विस्तृत छलफल गरेको नाडाले जनाएको छ । उक्त भेटघाटमा महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रबक्ता प्रहरी उपरिक्षक श्याम अधिकारीले आफ्नो कार्यकक्षमा नाडा प्रतिनिधि मण्डललाई स्वागत गरे ।
उक्त भेटघाट तथा छलफलमा महाशाखाका प्रबक्ता प्रहरी उपरिक्षक श्याम अधिकारीले राजधानीको ट्राफिक व्यवस्थापनको सन्दर्भमा देखिएका विभिन्न समस्या र चुनौतिहरु बारे चर्चा गर्दै ट्राफिक व्यवस्थापनमा सजह हुने व्यवस्थाका लागि नाडासंग मिलेर काम गर्न चाहेको बताएका छन् । सो छलफलको क्रममा नाडाका अध्यक्ष दुलालले महानगरिय ट्राफिक प्रहरी महाशाखा र नाडाबीच विगतको समयदेखि नै हुदै आएको सहकार्य बारे चर्चा गरेका छन् । सोही क्रममा उनले महानगरिय ट्राफिक प्रहरी महाशाखाले राजधानीको ट्राफिक व्यवस्थापनमा देखाएको भूमिकाको प्रसंसा गर्दे यसलाई अझ थप सुधार गर्नुपर्ने खाँचो रहेको र नाडा त्यसका लागि सहयोग गर्न तयार रहेको बताएका छन् । उक्त छलफल पछि नाडाका अध्यक्ष दुलालले महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रबक्ता प्रहरी उपरिक्षक श्याम अधिकारीलाई ट्राफिक व्यवस्थापनमा अझै सहज तथा सुरक्षित हुने ५०० थान फ्लोरोसेन्ट ज्याकेट हस्तान्तरण गरेका छन् ।
विगतमा पनि आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक प्रहरी तथा प्रहरी कार्यालयहरुलाई मोटरसाइकल, कुर्सी, ट्राफिक चिन्ह बोर्ड प्रदान गर्दै आएको नाडाले जानकारी दिएको छ । नाडाले २०६७ साल देखि नै नाडाको प्रत्येक साधारणसभामा राजधानीका उत्कृष्ट ३ जना ट्राफिक प्रहरीलाई कदर पत्र सहित प्रोत्साहन स्वरुप जनही २५ हजार रुपैयाँ प्रदान गर्दे आईरहेको छ । उक्त छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगायत नाडाका उपाध्यक्ष करण चौधरी, उपाध्यक्ष आकाश गोल्छा महासचिव सुनिल रिजाल, सहकोषाध्यक्ष विक्रम सिंहानियासमेतको उपस्थिति रहेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: