×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनाइटेड इन्स्योरेन्सको नाफामा ३५.६४% को बढोत्तरी, बिमा कोषको आकार ३.५०% ले खुम्चियो (विस्तृत विवरणसहित)

PRIME CA

युनाइटेड इन्स्योरेन्सको नाफामा ३५.६४% को बढोत्तरी, बिमा कोषको आकार ३.५०% ले खुम्चियो (विस्तृत विवरणसहित)

२८ माघ २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा युनाइटेड इन्स्योरेन्सले २ करोड ७४ लाख ९० हजार रुपैयाँ कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ३५.६४% ले धेरै हो । गत वर्षको सोहि अवधिमा कम्पनीले २ करोड २ लाख ५९ हजार रुपैयाँ नाफा कमाएको थियो । 
यता पुष मसान्तसम्म बिमा कोषको आकार भने ३.५०% ले घटेर ३२ करोड ४४ लाख रुपैयाँमा सीमित भएको छ । यस्तै खुद बिमा शुल्क ४९.३४% ले बढेर २६ करोड ३० लाख रुपैयाँ पुगेको छ भने पुस मसान्तसम्ममा कम्पनीले २० करोड ९० लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी रकम ७२ करोड ५ लाख रुपैयाँ रहेको छ । पुस मसान्तसम्ममा संस्थाको प्रतिसेयर आम्दानी २ रुपैयाँ ३७ पैसा र प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ७७ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: