×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उन्नति सहकार्य लघुवित्तद्धारा दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, ५२.९१ प्रतिशतले बढ्यो खुद नाफा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

उन्नति सहकार्य लघुवित्तद्धारा दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, ५२.९१ प्रतिशतले बढ्यो खुद नाफा

Artha Sarokar

२७ माघ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सराकार सम्बाददाता
काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । कम्पनीले दोस्रो त्रैमाससम्ममा आईपुग्दा ४ करोड ७२ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । उन्नतिको खुद नाफा गत वर्षको यसै अवधिको तुलनामा ५२.९१ प्रतिशतले बढी हो ।
कम्पनीले गत वर्ष ३ करोड ८ लाख ९४ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । यस्तै कम्पनीको खुद ब्याज आम्दानी पनि बढेको छ । कम्पनीको खुद ब्याज आम्दानी ५६.०५ प्रतिशतले बढरे १० करोड २८ लाख ३ हजार रुपैयाँ पुगेको छ । पुस मसान्तसम्ममा ८९ करोड १८ लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ अर्ब ६८ करोड ७२ लाख ६२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
कम्पनीको हाल चुक्ता पुँजी १४ करोड ९५ लाख ३६ हजार रुपैयाँ रहेको छ र रिजर्भ कोषमा १२ करोड ४१ लाख ६१ हजार रुपैयाँ रहेको छ । खराब कर्जा १.८९ प्रतिशत रहेको छ । यस्तैगरी प्रतिसेयर आम्दानी ६३ रुपैयाँ १८ पैसा र प्रतिसेयर नेटवर्थ १८३ रुपैयाँ ३ पैसा रहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी