×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भारत र चीनबीच जारी तनावको शान्तिपूर्ण समाधानमा अमेरिकाले समर्थन गर्ने

वासिङटन डीसी । चीनले छिमेकी मुलुकहरुमा सुरक्षा खतरा बढाउने प्रयास गरिरहेको भन्दै अमेरिकाले चिन्ता व्यक्त गरेको छ । चीन र भारतबीच सीमाक्षेत्रमा जारी तनावलाई संकेत गर्दै अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले चीनले क्षेत्रीय असुरक्षा बढाएको टिप्पणी गरेका हुन् ।
भारत र चीनबीच जारी तनाबको शान्तिपूर्ण समाधानमा अमेरिकाले समर्थन गर्ने पनि उनले बताए । अमेरिका इण्डो-प्यासेफिक क्षेत्रमा आफ्ना साझेदारहरुको पक्षमा सधैँ साथ दिने पनि प्राइसले बताए । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकन र उनका भारतीय समकक्षी एस जयशकरबीचको वार्तालाई उल्लेख गर्दै अमेरिका र भारतबीच रणनीतिक साझेदारी बृहत र बहुआयामिक भएको प्रवक्ता प्राइसले बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: