Skip to content
LAXMI SUNRISE BANK

वर्ल्ड लिंकले सार्वजनिक गर्यो नयाँ इन्टरनेट योजना, अब टिभीबाटै मनोरन्जनात्मक कार्यक्रमहरु पाइने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । वर्ल्ड लिंक कम्युनिकेसन्स लिमिटेडले नयाँ इन्टरनेट योजना सार्वजनिक गरेको छ । वर्ल्ड लिंकले इन्टरनेटको प्रयोगभन्दा टिभीमा बढि मनोरन्जनात्मक कार्यक्रमहरु हेर्ने ग्राहकहरूलाई प्राथमिकता दिदै सस्तोमा आइपी टिभी सेवा उपलब्ध गराउने ‘तहल्का’ इन्टरनेट योजना सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत ग्राहकले नेटभिटिले उपलब्ध गराउने २०० भन्दा बढी लाइभ टिभी च्यानलहरू र १० एमबीपीएसको इन्टरनेट सेवा मासिक ७९९ रुपैयाँ मै पाउने भएका छन् ।
इन्टरनेट जडान गरेर पनि इन्टरनेटको प्रयोग धेरै नगर्ने सबै ग्राहकहरुका लागि उपयुक्त हुने गरी ‘तहल्का’ योजना ल्याएको वर्ल्ड लिंक कम्युनिकेशन्स लिमिटेडका सिइओ केशव नेपालले बताएका छन् । उनले भने, ‘तहल्का’ अफर सस्तो भएको हुनाले आधारभूत टिभी प्रयोगकर्ताहरू, सोसल मिडिया लगायत अन्य एपहरू प्रयोग गर्ने ग्राहकहरुका लागि धेरै नै उपयुक्त छ । हाम्रो यस प्रयासले सरकारको डिजिटल नेपाल कार्यक्रमलाई समेत सघाउने छ । हामीले आईपीटीभी र इन्टरनेट सेवा दुबैका लागि मासिक ७९९ रूपैयाँ मात्र शुल्क राखेका छौ ।’
वर्ल्ड लिंकले यस अफरसँगै नेटभीटी (आईपीटीवी) सेवासँगै कम्बो प्याकमा ६० एमविपिएस सम्मको उच्च गतिको इन्टरनेट प्याकहरू पनि उपलब्ध गराइरहेको छ । ग्राहकहरूले आफ्नो आवश्यकता अनुसार विभिन्न इन्टरनेट र टिभी प्यकेजहरू छनौट गर्न सक्ने भएका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK