×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तनहुँको ‘आँधिमूल’ मन्दिर पर्यटकीय गन्तव्य बन्दै, गाउँपालिकाद्वारा १५ लाख रुपैयाँ बजेट विनियोजन (भिडियो)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

तनहुँको ‘आँधिमूल’ मन्दिर पर्यटकीय गन्तव्य बन्दै, गाउँपालिकाद्वारा १५ लाख रुपैयाँ बजेट विनियोजन (भिडियो)

१२ चैत्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ५ मा अवस्थित ‘आँधिमूल’ मन्दिर पर्यटकीय गन्तव्य बन्दै गएको छ । गाउँपालिकाले मन्दिर आसपासमा विकास निर्माणको कार्य थालेपछि यस क्षेत्र अहिले पर्यटन आकर्षणको केन्द्र बनेको छ । 
आँधिमूल मन्दिरको दर्शन गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहेको पाइन्छ । आँधिमूल स्थल रमणीय भएकोले पूजाअर्चनाका साथै वनभोजका लागि मानिसहरु टाढाटाढादेखि आउने गर्छन् । यो मन्दिरमा साउन महीना र औँसी बाहेकका सबै दिनमा पूजा लाग्ने गर्छ । आँधिमूल देविको मन्दिरमा परेवा उडाउने, बोका र कुखुरालाई बलि दिने प्रचलन पनि रहेको छ । त्यसैले पनि मनोकांक्षा पुरा हुने अपेक्षा सहित मानिसहरु टाढाटाढाबाट आउने गरेको स्थानीयहरु बताउँछन् ।
आँधिमूल मन्दिर क्षेत्रको विकासका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७५/७६ मा घेराबार योजना अन्तर्गत १५ लाख रुपैयाँ विनियोजन गरेको थियो । यस्तै तीन लाख रुपैयाँको लागतमा ट्रष्ट निर्माण गरिएको छ । गाउँपालिकाका प्रमुख गिरबहादुर थापाले मन्दिर सम्मको पहुँचलाई सहज बनाउन पृथ्वी राजमार्गको सत्रसय देखि आँधिमूल सम्मको सडकलाई कालोपत्रे गर्न बजेट विनियोजन भइसकेको बताउनुभयो ।
पृथ्वी राजमार्गको सत्रसय देखि करीब एक घण्टा पैदलमार्ग हुँदै पुग्न सकिने उक्त ठाउँमा सवारी साधनमार्फत १५ मिनेटमा नै पुग्न सकिन्छ । विशेषगरी सार्वजनिक बिदाको दिन पर्यटकहरु घुम्न र वनभोजका लागि आउने गर्छन् । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: