
काबुल । अफगानिस्तानमा तालिबानको शासन अस्वीकार गर्ने रुसको निर्णयलाई अफगान सरकारले स्वागत गरेको छ । तालिबान शासन अस्विकार गर्ने रुसको निर्णयलाई अफगानिस्तानले समर्थन र स्वागत गरेको अफगान विदेश मन्त्री मोहम्मद हनिफ अत्मरले बताए। रुसले अफगानिस्तानमा तालिबानसँग शान्ति प्रक्रिया चाहेको पनि उनले बताए संयुक्त राष्ट्रसंघले तालिबान नेतालाई कालोसूचिबाट हटाउएको निर्णयप्रति असन्तुष्ट रहेको रुसको पक्षमा अफगानिस्तान रहेको पनि उनले बताए ।
अफगानिस्तानमा शान्ति प्रक्रिया सम्पन्न नभई तालिबान नेतालाई कालोसूचिबाट हटाउने संयुक्त राष्ट्रसंघको निर्णयप्रति रुसले असन्तुष्टी जनाएको छ । अफगानिस्तानको शान्ति मामिला मन्त्री सयद सादत मन्सुर नदेरीले पनि वार्ता र युद्धविरामका लागि लचकता अपनाउन तालिबानलाई आग्रह गरेका छन् । अफगानिस्तानले रक्तपातको अन्त्य र शान्ति स्थापना चाहेको नदरीले बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्