
बेइजिङ । वर्षौंदेखि हराइरहेका उईगुर दुईजना दाजुभाइ चीनको उत्तर पश्चिमी प्रान्त सिन्जियाङको हिरासतमा रहेको पुष्टि भएको छ । यद्पि केही महिनाअघि एक सरकारी अधिकारीहरुले उनका दाजुहरुलाई सिन्जियाङको हिरासतमा राखिएको हुनसक्ने बताएको थियो । २३ वर्षीय मेहमुत मेमेत र उनकी आमा अतूरेम हुदेश सन् २०१७ मा हराएको मेहमुतकी बहिनी जेयतुन मेमेतले बताएकी छन् । त्यसको केही समयपछि उनका अर्का भाइ पनि बेपत्ता भएका थिए । एक वर्ष पछि सन् २०१८ मा हुदेश सिन्जियाङको हिरासतमा रहेको पुष्टि भएको थियो ।
उक्त पुष्टि भउको केही समयपछि उनका अर्का भाइ २९ वर्षीय मुर्तिया मेमेत पनि बेपत्ता भएका थिए । चीनले सिन्जियाङमा बनाइएको हिरासत केन्द्रमा लाखौं अल्पसंख्यक उइगर मुस्लिमहरुलाई नियन्त्रणमा लिएर राखेको छ । त्यहाँ उनीहरुमाथि मानवअधिकारको चरम उल्लंघन हुने गरि यातना दिइन्छ । ‘मेरी आमा शिविरबाट एक वर्षपछि बाहिर निस्किनुभयो र त्यसपछि मेरो जेठो भाई बेपत्ता भए,’ उनले भनिन्, ‘मलाई थाहा थियो कि उनी बेपत्ता पारिएका हुन् । तर जानकारीको लागि निरन्तर खोजी गरे, पछि एक सरकारी अधिकारीले सिन्जियाङको हिरासतमा रहेको हुनसक्ने बताए ।’
‘मेरो कान्छो भाई मेहमुत पनि त्यही छ, ‘उनले थपिन्, ‘उहाँ जून १३, २०१७ देखी कान्छो भाइ मेहमुतलाई नियन्त्रणमा लिएर राखिएको छ । म उसलाई कतै भेट्न सक्दिन ।’ दुई भाइहरूहरुले सन् २०११ देखि आफ्नै गाउँको बजारमा हेयर सैलुन चलाइरहेका थिए । उनीहरु कुनै पनि राजनैतिक मामिलामा मिसिएका थिएनन् । तर, पनि उनीहरु मुस्लिम भएकै कारण नियन्त्रणमा लिइयो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्