×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिनियाँ विमान सेवा कम्पनीद्धारा प्रशिक्षणवापतको रकम भुक्तानी गर्न नेपाल वायुसेवा निगमलाई दबाब

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

चिनियाँ विमान सेवा कम्पनीद्धारा प्रशिक्षणवापतको रकम भुक्तानी गर्न नेपाल वायुसेवा निगमलाई दबाब

Artha Sarokar

११ चैत्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । चिनियाँ विमान सेवा कम्पनीले नेपाल वायुसेवा निगमलाई प्रशिक्षणवापतको रकम भुक्तानीका लागि दबाब दिइरहेको छ । चिनियाँ विमान सेवा कम्पनी एभिएसन इन्डस्ट्री कर्पोरेसन अफ चाइना (एभीआईसी)ले नेपाल वायुसेवा निगमका चालकहरुलाई तालिम दिएवापतको रकम भुक्तानीका लागि दबाब दिएपछि निगमनको बोर्ड बैठक बसेको छ । चैत २ गते सोमबार निगम सञ्‍चालक समितिका अध्यक्ष सुशिल घिमिरेको अध्यक्षतामा बसेको बैठकले चिनियाँ कम्पनी एभीआईसीलाई भुक्तानी गर्ने विषयमा कानुन परामर्श गर्ने निर्णय गरेको छ ।
उक्त बैठकले निगमका विमान चालकहरुलाई विगतमा प्रदान गरिएका तालिमहरुको रकमलाई भुक्तानी गर्ने सम्बन्धमा भुक्तान गर्नुपर्ने दायित्व के-कति कारणले समयमै भुक्तानी हुन सकेन र निगमको आर्थिक विनियमावली बमोजिम विगतका वर्षको भुक्तानी दिने व्यवस्था भए-नभएको बारे व्यवस्थापनले कानुी राय लिएर आगामी बैठकमा पेश गर्ने निर्णय गरेको हो । यससँगै निगमले व्यावसायिक नाफा दिन नसकेको भन्दै चिनियाँ जहाजसमेत हटाउने निर्णय गरेको छ । हाल ग्राउन्डेड अवस्थामा रहेका ती जहाज बिक्रीका लागि छिटो प्रक्रियामा नगए दुईवटा एभ्रो, एउटा बोइङ ७२७ र दुइटा ७५७ जस्तै विमानस्थलको कुनामा लगेर राख्नुपर्ने अवस्था आउन सक्ने निगमले बताएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी