×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चीनले श्रीलंकाको राष्ट्रिय झण्डालाई डोरम्याट बनाएपछि श्रीलंका र चीनबीचको सम्बन्धमा देखियो गम्भीर तिक्तता

कोलम्बो । चीनले श्रीलंकाको राष्ट्रिय झण्डालाई डोरम्याट बनाएपछि श्रीलंका र चीनबीचको सम्बन्धमा गम्भीर तिक्तता देखिएको छ । चीनको एक उत्पादक कम्पनीले श्रीलंकाको झण्डाको डोरम्याट बनाएपछि द्विपक्षीय सम्बन्धमा पनि दरार पैदा भएको हो । श्रीलंकाको विदेश मन्त्रालयले आफ्नो राष्ट्रिय झण्डाको डोरम्याट प्रिन्ट अमेजनमा बिक्रीका लागि राखेको देखेपछि यस विषयको गहन अनुसन्धान गर्ने बताएको छ ।
श्रीलंकाले बेइजिङस्थित आफ्नो आफ्नो दूतावासलाई उक्त डोरम्याट उत्पादक कम्पनी पत्ता लगाएर तत्काल जानकारी गराउन आग्रह गरेको छ । त्यसैगरि कोलम्बोमा रहेकफ चिनियाँ दूतावासलाई पनि यसबारे गम्भीर ध्यानाकर्षण भएको जानकारी गराइएको छ । श्रीलंकाको विदेश मन्त्रालयले वाशिङ्‌टनस्थित आफ्नो दूतावासलाई अमेजनसँग ‘यस विषयमा अनुसन्धान’ गर्न निर्देशन दिएको छ ।
‘अमेजन वेबसाइटमा अनलाइन खरीदका लागि विज्ञापन गरिएको श्रीलंका फ्ल्याग नन-स्लिप डोर्म्याटको सोशल मीडिया प्लेटफर्ममा भर्खरै रिपोर्टहरू आएका छन्,’ विदेश सचिव एडमिरल प्रो. जयनाथ कोलोम्बेजले बेइजिङमा श्रीलंका दूतावासलाई सम्पर्क गर्न जानकारी दिएका छन् । उक्त डोरम्याटको मूल्य जुन १० डलरदेखि २५ डलर सम्म तोकिएको छ । चीनले पछिल्लो समय श्रीलंकामाथि दमन गरिरहेको थियो भने हाल उसको राष्ट्रिय झण्डाको नै अपमान गर्दै राष्ट्रिय स्वाधिनता र स्वाभिमानमाथि प्रहार गरेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: