
काठमाडौं । चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको ८ लाख डोज चिनियाँ खोप नेपाल ल्याउन भाडा मात्रै २ करोड बढी रकम लाग्ने भएको छ । निगमका अनुसार उक्त चिनियाँ खोप नेपाल ल्याउन २ करोड १८ लाख १० हजार ३ सय ३२ रुपैयाँ भाडा लाग्ने भएको छ । चीनले यात्रुबाहक जहाजबाट खोप पठाउन नमानेपछी नेपाल सरकार चीनबाट खोप ल्याउन बिशेष विमान नै चार्टर गर्नुपरेको स्वास्थ मन्त्रालयले बताएको छ । चिनियाँ कम्पनी सिनोफर्मबाट उत्पादित चिनियाँ खोप नेपाल ल्याउन लागि निगमको जहाज १५ गते उडान भर्नेछ ।
स्मरण रहोस नेपाल ल्याउन लागिएको चिनियाँ खोपलाई विश्व स्वास्थ्य संगठनले हालसम्म पनि प्रयोगको लागि अनुमति दिएको छैन भने क्लिनिकल ट्रायलको कागजात बिनै उक्त चिनियाँ खोप नेपाल ल्याउन लागिएको छ । यद्यपि चिनियाँ दूतावासको दबाबमा सो खोप नेपाल ल्याउन लागिएको हो । सरकारले क्लिनिकल टायलका कागजातहरु पटक पटक माग्दा पनि चीन सरकारले उपलब्ध गराएन । यसअघि छिमेकी मुलुक भारतले अनुदानमा दिएको कोरोनाविरुद्ध कोभिशील्ड खोप आफ्नै खर्चमा नेपाल ल्याई दिएको थियो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्