×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कोरोनाविरुद्धको नक्कली खोप बिक्री गर्ने चिनियाँ गिरोहका दर्जनौं पक्राउ

चीन । इन्टरपोलले चीन र दक्षिण अफ्रिकामा सक्रिय रहेका कोरोनाविरुद्धको नक्कली खोप बिक्री गर्ने गिरोहलाई नियन्त्रणमा लिएको र हजारौं डोज नक्कली खोप बरामद गरेको जनाएको छ । चीनमा मात्रै नक्कली खोप बिक्री गर्ने ८० जनालाई पक्राउ गर्दै उनीहरुको साथबाट तीन हजारभन्दा बढी डोज खोप बरामद गरिएको छ । त्यसैगरि दक्षिण अफ्रिकाबाट तीनजना चिनियाँ र एक जाम्बियन नागरिकसहित दुई हजार ४०० डोज नक्कली खोप बरामद गरिएको छ । उनीहरुलाई कुन-कुन मितिमा पक्राउ गरियो भन्‍ने खुलाइएको छैन ।
इन्टरपोलले बुधबार एक विज्ञप्ति जारी गर्दै नक्कली खोप बिक्री गर्ने अर्को गिरोहसमेत रहेको सूचना प्राप्त भएको जनाएको छ । दक्षिण अफ्रिकामा करिब दुई हजार चार सय डोज नक्कली खोप र तीन मिलियन नक्कली मास्क बरामद गरेको हो । एक गोदममा राखिएको प्याकेजहरुलाई प्रहरीले सार्वजनिक गरेको हो । दक्षिण अफ्रिकामा १७ फेब्रुअरीदेखि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको हो । यहाँ नक्कली खोप बिक्री हुनसक्ने अनुमानसहित चिनियाँ गिरोह पुगेको बताइएको छ । चीनको कुन कम्पनीले कहाँ उत्पादन गरेको हो भन्‍ने खुलाएको छैन ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: