- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ । आइतबार प्रतितोला ८६ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाल सुन आज १ सयले बढेर प्रतितोला ८६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७३ हजार ९०५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८४ रुपैयाँ ५० कायम गरेको छ ।