- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको चौंथो दिन बुधबार सुनको मूल्य बढेको छ । मंगलबार प्रतितोला ८७ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाल सुन आज ५ सयले बढेर प्रतितोला ८७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको भईरहेको छ ।
यता चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमै कारोबार भइरहेको छ । मंगलबार छापावाला सुन प्रतितोला ८७ हजार रुपैयाँ, तेजावी ८६ हजार ५५० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।