×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कैलालीमा मर्सिकोरद्धारा GTF फण्डको स्वामित्व स्थानीय सहकारीलाई हस्तान्तरण

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कैलालीमा मर्सिकोरद्धारा GTF फण्डको स्वामित्व स्थानीय सहकारीलाई हस्तान्तरण

११ चैत्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कैलालीको घोडाघोडी नगरपालिकामा मर्सिकोर नेपालद्धारा GTF फण्डको स्वामित्व हस्तान्तरण गरिएको छ । युकेऐडको आर्थिक सहयोगमा मर्सिकोर नेपाल र ब्याकवार्ड सोसाइटी एजुकेशन (बेस)द्धारा सञ्चालित स्टेम परियोजना अन्तर्गत विद्यालय छोडेका बालिका तथा किशोरीहरुलाई आर्थिक रुपमा स्वावलम्बन बनाउने उद्धेश्यले उक्त योजनाको प्रारम्भ गरिएको थियो ।
मंगलबार घोडाघोडी नगरपालिकामा एक कार्यक्रमको आयोजना गर्दागर्दै मर्सिकोर नेपालद्धारा उक्त फण्ड स्थानीय नकरोड घोडाघोडी बहुउद्धेशिय सहकारी संस्था लिमिटेडलाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै घोडाघोडी नगरपालिकाका नगरप्रमुख ममता प्रसाद चौधरीले उक्त परियोजनाले बालिकाको शिक्षामा सहयोगसँगै सिमान्तकृत किशोरीहरुको आर्थिक समृद्धीमा पनि महत्वपुर्ण योगदान पुर्याएको बताउनुभयो । त्यस्तै परियोजनालाई धन्यवाद दिदै नकरोड घोडाघोडी बहुउद्धेशिय सहकारी संस्थाकी अध्यक्ष लक्ष्मी चौधरीले उक्त फण्ड वृद्धीसँगै सही सदुपयोगमा आफुहरुको पुर्ण भूमिका रहने बताउनुयभयो ।

त्यस्तै GTF फण्डबाट व्यवसाय गरिरहेकी राधिकादेवी कार्की (आचार्य) ले पनि परियोजनालाई धन्यवाद दिईन । सुरुवातमा उक्त परियोजना मार्फत १ लाख रुपैँया बिना धितो ऋण लिएर किराना पसल सञ्चालन गरेकी उनले अहिले दैनिक ६ हजारसम्मको आम्दानी गर्ने गरेको बताईन । उनले भनिन्दो, ‘स्रो पटक पुःन सोहि परियोजनाबाट डेढ लाख ऋण लिएपछी व्यवसाय झनै राम्रो भएको छ ।’

उक्त परियोजनाले वि.सं. २०६६ साल यता परियोजनाका लक्षित विद्यालयहरुबाट कक्षा ६ देखि १० सम्मको अध्ययन गर्दा विद्यालय छोडेका किशोरीहरुको समूहहरुसँग उनीहरुलाई आफ्नो व्यवसाय स्थापना गर्न सहयोग गर्नका लागि सहकार्य गरिरहेको थियो । छनौटका मापदण्ड पूरा गर्ने किशोरीहरुलाई रकम उपलब्ध गराउन परियोजनाले चार स्थानीय सहकारीहरुसँग सहकार्य गरिरहेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: