×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

भारतले प्यालेस्टाइनमा दोस्रो चरणको स्वास्थ्य सामाग्री र कोभिड-१९ बिरुद्धको खोप छिट्टै उपलब्ध गराउने

भारत । भारतले प्यालेस्टाइनमा दोस्रो चरणको स्वास्थ्य सामाग्री र कोभिड-१९ बिरुद्धको खोप छिट्टै उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदका लागि भारतीय राजदूत तथा नियोगका स्थायी उप प्रतिनिधि नागराज नैडुले प्यालेस्टाइनमा कोभिड-१९ को अनुदानका रुपमा दोस्रो चरणको स्वास्थ्य सामाग्री उपलब्ध गर्ने प्रतिबद्धता गरेका हुन् । भारतले प्यालेस्टाइनमा कोभिड-१९ बिरुद्धको खोप छिट्टै उपलब्ध गराउने पनि राजदुत नैडुले संयुक्त राष्ट्रसंघमा जानकारी गराएका हुन । भारतले यसअघि पनि कोभिड-१९ बिरुद्ध अनुदानका रुपमा स्वास्थ्य सामाग्रीहरु प्यालेस्टाइनलाई प्रदान गरको थियो ।
अब दोस्रो चरणको स्वास्थ्य सामाग्रीहरु आगामी केही सातामा उपलब्ध गराउने राजदुत नैडुले बताएका हुन् । त्यस्तै कोभिड-१९ महामारी बिरुद्ध विश्वका सबै मानिसमा खोप उपलब्ध हुनुपर्ने जोड दिँदै भारतले प्यालेस्टाइनमा छिट्टै खोप उपलब्ध गराउने उनले बताए । गाँजा क्षेत्रमा कमजोर स्वास्थ्य पूर्वाधारका कारण कोभिड-१९ महामारीको चपेटामा परेको पनि उनले उल्लेख गरे । प्यालेस्टाइन र इजरायल बीच शान्ति वार्ताका लागि क्वार्टर समुह, संयुत्त राष्ट्रसंघ, अमेरिका, युरोपेली संघ, रुस, म्युनिख समुह, इजिप्ट, जोर्डन, फ्रान्स र जर्मनका विदेश मन्त्रीहरुको भेलाले गरेको पहलको राजदुत नैडुले प्रशंसा गरे । प्यालेस्टाइन-इजरायलबीच विवाद समाधानका लागि अन्तराष्ट्रिय निकायहरुले खेल्ने भुमिकालाई भारतले स्वागत र समर्थन गर्ने राजदुत नैडुले बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: