×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भारत बायोटेक इन्टरनेशनल कम्पनीले ब्राजिललाई कोभिड-१९ विरुद्धको २ करोड डोज खोप उपलब्ध गराउने

नयाँ दिल्ली । भारतस्थित भारत बायोटेक इन्टरनेशनल कम्पनीले ब्राजिलमा कोभिड-१९ विरुद्धको २ करोड डोज खोप आपूर्ति गर्ने सहमति गरेको छ । कम्पनीले भारतमा उत्पादित कोभ्याक्सिन खोप २ करोड डोज ब्राजिललाई आपूर्ति गर्ने सहमति गरेको हो । विभिन्न देशहरुमा प्रभावकारी मानिएको कोभ्याक्सिन खोप आपूर्ति गर्न उत्साहित भएको कम्पनीको भनाई छ । सहमति अनुसार कम्पनीले ब्राजिलमा यहि बर्ष अप्रिल-मे र जुलाई-सेप्टेम्बरमा दुइ चरणमा खोप उपलब्ध गराउने भएको छ ।
गत जनवरीमा भारतले ब्राजिलमा २० लाख डोज कोभिसिल्ड खोप प्रदान गरेको थियो । भारतमा आपतकालिन प्रयोगका लागि कोभ्याक्सिन र कोभीसिल्ड दुइ खोपहरुलाई मान्यता दिइएको छ । खोप आपूर्तिको सहमतिपछि ब्राजिलका राष्ट्रपति जेर बोल्सोनारो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् । वर्तमान समयमा विश्वमा जारी महामारि विरुद्ध साझेदार देश भारतको सहयोग अतुलनीय रहेको उनले बताए । भारतले अनुदान सहयोग र वित्तीय गरि हालसम्म ३ करोड ६२ लाख डोज बराबर खोप विभिन्न मुलुकमा पठाइसकेको भारतीय विदेश मन्त्रालयले उल्लेख गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: