×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भ्रष्टाचार सूचकांकमा पाकिस्तान ४ अंक खस्किएपछि पाकिस्तानी प्रधानमन्त्री खानको चर्को आलोचना

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार

PRIME CA
laxmi sunrise bank

भ्रष्टाचार सूचकांकमा पाकिस्तान ४ अंक खस्किएपछि पाकिस्तानी प्रधानमन्त्री खानको चर्को आलोचना

इस्लामावाल । भ्रष्टाचार सूचकांकमा पाकिस्तान ४ अंक खस्किएपछि पाकिस्तानमा प्रधानमन्त्री इमरान खानले पारदर्शीता कायम गर्न नसकेको भन्दै चर्को आलोचना भइरहेको छ । प्रधानमन्त्री खानले मुलुकलाई गलत दिशामा डोर्‍याइरहेको आरोपसमेत लगाइएको छ । भ्रष्टाचार सूचकांकमा चार स्थाल ओरालो झरेको तथ्यांक सार्वजनिक भएको केही दिनपछि पाकिस्तान पीपुल्स पार्टीको सिन्ध सरकारले प्रधानमन्त्री इमरान खान नेतृत्वमा रहेको सरकारले मुलुकमा भ्रम फैलाइरहेको आरोप लगाइएको छ ।
‘पारदर्शिताको सवालमा अरुलाई औंला उठाउने पीटीआई आज मौन छ । सिन्ध सरकारका प्रवक्ता बैरिस्टर मुर्तजा वहाबले भने, ‘उनीहरूलाई (पीटीआई) हरेक मुद्दामा यु-टर्न लिने समय आएको छ ।’ ट्रान्सपरेन्सी इन्टरनेसनलका आदिल गिलानीले स्पष्ट पारेका छन् कि हालसालैका प्रतिवेदनमा पाकिस्तान सीपीआई बिन्दुमा चार स्थाल ओरालो झरेको हो । प्रतिवेदन एक वार्षिक सूचकांक हो, जुन सार्वजनिक क्षेत्रको भ्रष्टाचारको धारणामा आधारित देशहरूको सूचीमा छ । डनले रिपोर्ट गरेको छ कि गत वर्ष (२०१) अर्था १२०औं स्थानमा रहेको पाकिस्तान यस वर्ष १२४औं स्थानमा रहेको छ । सीपीआई सूचीमा पाकिस्तानको स्कोर गिरावट हुनुको एउटा कारण यो थियो सरकारी संयन्त्रमार्तफ नै कानुनको उल्लंघन र लोकतान्त्रिक प्रणालीमा कटिबद्ध नहुनु रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: