
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा गत चैत्र १४ गते “भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान”२०७७ सालको गायनतर्फ बरिष्ठ गायक कुमार बस्नेत र संगीततर्फ बरिष्ठ संगीतकार प्रकाश गुरुङ्गलाई जनही पुरस्कार रु ५०,००१ प्रदान गरिएको छ ।
भक्तराज आचार्य संगीत प्रतिष्ठानका संरक्षक गायक तथा भजन शिरोमणि भक्तराज आचार्य, प्रतिष्ठानकी अध्यक्ष सुशिला आचार्य र सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले संयुक्त रुपमा यो सम्मान प्रदान गरेका थिए । भक्तराज आचार्य संगीत प्रतिष्ठानले विगत केहि बर्ष यतादेखि संगीत र कलाको क्षेत्रमा महत्तवपुर्ण योगदान पु¥याउदै आएको र सिटी एक्सप्रेसले सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तराज आचार्य संगीत प्रतिष्ठानलाई साथ दिदंै आएको छ ।
सिटी एक्सप्रेसले रेमिटेन्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै “जहाँ नेपाली, त्यहाँ सिटी एक्सप्रेस” भन्ने आफ्नो नारालाई आत्मसाथ गर्दै बिगत १४ वर्ष देखि संसार भरबाट सहज रुपमा नेपालमा विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १०,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्