×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांसद्हरुलाई बन्दी बनाइएपछि म्यानमारका ३०० सांसद्‌हरुले जुन्ता शासन खारेज गर्न माग

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सांसद्हरुलाई बन्दी बनाइएपछि म्यानमारका ३०० सांसद्‌हरुले जुन्ता शासन खारेज गर्न माग

१ चैत्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

म्यानमार । म्यानमारमा सैन्‍य कू गर्दै सांसद्हरुलाई बन्दी बनाइएपछि म्यानमारका ३०० सांसद्‌हरुले जुन्ता शासन खारेजको माग गर्दै एक घोषणापत्रमा हस्ताक्षर गरेका छन् । गत नोभेम्बरको भएको आमा निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै म्यानमारको सेनाले फ्रब्रुअरी १ मा निर्वाचित सरकारलाई अपदस्त गर्दै सांसद्हरुलाई नियन्त्रणमा लिनुका साथै सैन्य शासन सञ्चालन गरेको थियो । म्यानमारमा सैन्य कूपछि चर्को विरोध प्रदर्शनहरुसमेत भइरहेका छन् ।
उक्त विरोध प्रदर्शनमा सेनाले बल प्रयोग गरेपछि प्रदर्शनहरु हिंसात्मक बनेका छन् । यससँगै सुरक्षा अधिकारीहरुले सयौंलाई विभिन्‍न अपार्टमेन्टमा बन्धकसमेत बनाएको छ । संयुक्त राष्ट्रसंघले बन्धक बनाइएका प्रदर्शनकारीहरुलाई रिहा गर्न म्यानमार सेनासँग आग्रह गरेको छ । म्यानमारमा सैन्य शासनविरुद्धको प्रदर्शनहरु बढ्न थालेपछि सैन्य शासकले प्रदर्शनकारीहरुलाई अपार्टमेन्टमा ‘बन्धक’ बनाइएर राखेको छ । म्यानमारको ठूलो सहर योङ्‌गुनस्थित एक अपार्टमेन्टमा सुरक्षकर्मीले करिब २०० प्रदर्शनकारीलाई एकत्रित गरेर ‘बन्धक’ बनाएको छ । उनीहरुलाई त्यहाँबाट निस्किन दिइएको छैन ।
संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयका अनुसार उनीहरुले शान्तिपूर्ण रुपमा प्रदर्शन गरेका थिए । सोही कारण उनीहरुलाई सहज रुपमा छोडिनु पर्ने कार्यालयको भनाइ छ । नोभेम्बरमा भएको निर्वाचनमा सेना समर्थित दलले पराजय व्यहोरेपछि धाँधली भएको आरोप लगाइरहेको सेनाले फेब्रुअरी १ मा निर्वाचित सरकारलाई अपदस्त गरि सत्ता हातमा लिएको थियो । उक्त सैन्य कू विरुद्ध म्यामारमा लगातार प्रदर्शनहरु भइरहेका छन् । प्रदर्शनमा सुरक्षाकर्मीको बल प्रयोगका कारण हालसम्म ५५ जनाको मृत्यु भइसकेको राष्ट्रसंघीय मानवअधिकार आयोगले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: