×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

नेपाल हुँदै भारत पुगेका दुई चिनियाँ नक्क्ली भारतीय परिचयपत्रसहित पक्राउ

BIZBAZAR
काठमाडौं । नेपाल हुँदै भारत पुगेका दुई जना चिनियाँ सिलिगुरीस्थित बागडोग्रा विमानस्थलबाट पक्राउ परेका छन् । यात्राका लागि आवश्यक कागजात पनि नभएमा उनीहरुसँग नक्कली आधरकार्ड रहेको पाइएको छ । उनीहरु चीनबाट काठमाडौं आएका थिए । काठमाडौंबाट आन्तरिक उडानमार्फत भद्रपुर पुगेका थिए । त्यहाँबाट नेपाल-भारत सीमा क्षेत्रमा नक्कली आधरकार्ड देखाएर भारत प्रवेश गरेका थिए ।
उनीहरु त्यहाँबाट हैदराबादका लागि विमान चढ्ने तरखरमा भए पनि उनीहरुमाथि शंका लागेपछि बागडोग्राबाट सीआईएसएफको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरु भारतीयहरुको सम्पर्कमा रहेको हुनसक्ने अनुमान गरिएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसरी नेपालबाट भारत जाने चिनियाँहरुको संख्या बढ्न थालेको छ । चिनियाँहरुले नेपाललाई ट्रान्जिट बनाउन थालेका छन् । यसले एक नयाँ त्रास सिर्जना गरेको छ । काठमाडौंको ठमेल क्षेत्रमा रहने अधिकांश चिनियाँहरुले नेपाली बोल्छन् भने कतिपयसँग नेपाली परिपत्र पनि छ ।
कुनै नेपाली बोल्‍ने र नेपाली परिचयपत्र भएको व्यक्तिले सीमा क्षेत्र हुँदै भारत प्रवेश गर्छ भने खासै शंका गरिँदैन । भारतमा पुगेका यी चिनियाँहरु भारतका विभिन्‍न सैन्य क्याम्प नजिकै बस्छन् । उनीहरु त्यहाँ पनि नाम परिवर्तन गरेर नेपाली नाम राख्‍छन् र सकेसम्म भारतीय रक्षा निकायहरुमा जागिरका लागि अवसर खोज्छन् । भारतमा नेपालीहरुलाई निकै विश्‍वास गरिन्छ, जसका कारण नेपालीको नाममा चिनियाँहरुले भारतीय रक्षा निकायमा प्रवेश गरेर सूचनाको जासुसी गर्ने गर्छन् । जुन अति संवेदनशील र गम्भीर विषय बनेको छ ।
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal