
काठमाडौं । चीनले नेपाली भूमि अतिक्रमणको क्रम अझै रोकेको छैन । हुम्लामा भौतिक संरचनाहरु बनाएर भूमि अतिक्रमण गरेको चीनले फेरि ताप्लेजुङको ओलाङचुङगोलामा पनि संरचनाहरु बनाएको पाइएको छ । नेपाल-चीन सीमा अध्ययन-२०२१ को रिपोर्ट अनुसार चीनले नेपालका तीनवटा जिल्लामा चीनले भूमि अतिक्रमण गरेको पाइएको हो । नेपाल मानवअधिकार संगठनले तयार गरेको उक्त प्रतिवेदन अनुसार ताप्लेजुङको तिप्तला भञ्याङमा पनि चिनियाँद्वारा नेपाली भूमि अतिक्रमण गरेको छ ।
उक्त प्रतिवेदनमा भनिएको छ, ‘उत्तरी सीमा क्षेत्र तिप्तला भञ्याङमा चिनियाँ अतिक्रमण देखिन्छ । त्यसैगरि ओलाङचुङ गोलाका स्थानीय अनुसार चीनले नेपाली भूमिमा भन्सार कार्यालयको संरचना बनाएको छ ।’ प्रतिवेदनमा गेटसहितको उक्त भवन चिनियाँ भूमि पर्ने चिनियाँ अधिकारीहरुले बताएको उल्लेख छ । प्रतिवेदनमा थप भनिएको छ, ‘स्थानीयहरुले विरोध गरेपछि चिनियाँ पक्षले नो म्यान्स ल्याण्डमा उक्त संरचनाहरु बनाएको बताएका थिए । तर सरकारी अधिकारीहरुसँग बुझ्दा उत्तरी सीमा क्षेत्रमा कुनै नो म्यान्स ल्यान्ड निर्धारण नगरिएको पाइएको छ ।’ ओलाङचुङ गोलाका स्थानीयहरुले भने चिनियाँ पक्षले उक्त भवनहरु नेपाली भूमिमा बनाएको बताइरहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्