
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । महुली लघुवित्तको संस्थापक सेयर संस्थापक सेयर लिलामीमा बिक्री खुला भएको छ । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको महुली लघुवित्तको ५६ हजार २७० कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला भएको हो ।
लिलामी सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम ७९१ रुपैयाँ भाउ राखेर आवेदन दिन सकिनेछ भने लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । यसमा वैशाख २१ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।
लगानीकर्ताले न्यूनतम १०० कित्ता अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् भने लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहलमा बुझाउन सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्