×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फेरी भेटियो नक्कली नोट छाप्ने अर्को कारखाना, सुदूरपश्चिमबाट यसरी ‘इम्पोर्ट’ हुँदोरहेछ नक्कली नोट !

PRIME CA

फेरी भेटियो नक्कली नोट छाप्ने अर्को कारखाना, सुदूरपश्चिमबाट यसरी ‘इम्पोर्ट’ हुँदोरहेछ नक्कली नोट !

अर्थ सरोकार

२६ फाल्गुन २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
कञ्चनपुर । कञ्चनपुरमा फेरी नक्कली नोट छाप्ने एक जनामा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार कृष्णपुर नगरपालिका–९ पिपरिया बस्ने २५ वर्षिय सञ्जय राना नक्कली नोट र नोट छाप्न प्रयोग गरिने मेसिनसहित पक्राउ परेका हुन् ।
रानालाई मंगलबार राति १ हजारका २ वटा र १ सयका २ वटा गरेर ४ वटा नक्कली नोटसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले जानकारी दिए । रानामाथि थप अनुसन्धान भइरहेको छ । कञ्चनपुरमा यसअघि पनि नक्कली नोट छाप्दै गरेको अवस्थामा एक दाम्यत्यलाई नियन्त्रणमा लिइएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: