
इरान । संयुक्त राष्ट्र संघले इरानको सिस्तान बलुचिस्तान प्रान्तमा अधिकारीहरुले प्रदर्शनकारीहरूमाथि गोली चलाउँदा २३ जनाको मृत्यु भएको घटनाप्रति निन्दा गरेको छ । पाकिस्तान र इरानमा सीमापार इन्धनको कारोबारका क्रममा झडप भएपछि सुरु भएको प्रदर्शनमाथि इरानको क्रान्तिकारी गार्डहरूले गोली चलाउँदा २३ जनाको मृत्यु भएको हो । फेब्रुअरी २२ मा भएको गोलीबारीले सारावान शहरमा १० बलुचि मानिस मरेका थिए भने पाँच जना घाइते भएका थिए ।
उक्त गोलीबारीपछि दक्षिणपूर्वी इरानमा विरोध प्रदर्शन भएको छ र यस अवधिमा सुरक्षाबलले उनीहरूलाई तितरबितर पार्न भीडमाथि गोली हानेको बताइएको छ । बलुच मानवअधिकारकर्मीका अनुसार प्रदर्शनमा एक बच्चालगायत दुई जनालाई गोली हानी मारिएका थिए । संयुक्त राष्ट्र संघीय मानव अधिकारका लागि उच्चायुक्त रूपर्ट कोलभिलेका शुक्रबार भने, ‘केही अनुमानका अनुसार हामी पुष्टि गर्न असमर्थ छौं, २३ जना मानिस मारिएका छन् ।’
‘इरानमा, हामी इस्लामिक क्रान्तिकारी गार्ड कोर्प्स (आईआरजीसी) र राज्य सुरक्षा बल द्वारा बलुच अल्पसंख्यकका प्रदर्शनकारीविरुद्ध बल प्रयोगको भर्त्सना गर्दछौं जसको कारण कम्तिमा १२ व्यक्तिको हत्या भएको हो । जसमा दुई नाबालिक छन्,’ उनले भने । ‘हामी सिस्तान र बलुचिस्तान प्रान्तमा रहेका धेरै सहरहरूमा इन्टरनेटको व्यापक सटडाउनबाट त्यहाँ गहिरो चिन्तित छौं, त्यहाँ के भइरहेको छ भन्ने जानकारीको पहुँच रोक्नको स्पष्ट उद्देश्यका साथ ब्लान्केट इन्टरनेट शटडाउनले अभिव्यक्तिको स्वतन्त्रताको प्रतिबन्धमा लागु हुने आवश्यकता र समानुपातिकताको सिद्धान्तको उल्लंघन गर्दछ र अन्तर्राष्ट्रिय मानव अधिकार कानूनको उल्लंघन गर्दछ,’ उनले थपे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्