×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : धार्केमा ऊखु खरीद गर्दै सर्वसाधारण, ४२ मेगावाटको मिस्त्रिखोलाको स्विचार्ड परीक्षण गर्दै प्राविधिक

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

देश बोल्ने फोटो कथा : धार्केमा ऊखु खरीद गर्दै सर्वसाधारण, ४२ मेगावाटको मिस्त्रिखोलाको स्विचार्ड परीक्षण गर्दै प्राविधिक

२६ फाल्गुन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । 
आजको अंकमा हामीले धादिङ जिल्लाको धार्के गाउँपालिका–१ स्थित पृथ्वी राजमार्ग सडक किनारामा ऊखु खरीद गरिरहेका सर्वसाधारणदेखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको ४२ मेगावाट क्षमताको मिस्त्रिखोला जलविद्युत् आयोजनाको स्विचार्डमा जडान भएका उपकरण परीक्षण गरिरहेका प्राविधिकसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
धादिङ जिल्लाको धार्के गाउँपालिका–१ स्थित पृथ्वी राजमार्ग सडक किनारामा ऊखु खरीद गर्दै सर्वसाधारण । हिन्दूहरुको चाड शिवरात्रीमा धुनी लगउँदा ऊखुको प्रयोग गर्ने प्रचलन छ । 
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको ४२ मेगावाट क्षमताको मिस्त्रिखोला जलविद्युत् आयोजनाको स्विचार्डमा जडान भएका उपकरण परीक्षण गर्दै प्राविधिक । माउन्टेन इनर्जी नेपाल प्रवद्र्धक रहेको मिस्त्रिखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादनको तयारी गरेको छ । 
बारेकोट गाउँपालिका –३ मुलसाम स्थित गाउँमा ६५ वर्ष भन्दा माथीका स्थानीयवासीलाई कोरोनाको खोप लगाउन जाँदै गरेका स्वास्थ्यकर्मी । 
महाशिवरात्री तथा सेना दिवसको अवसरमा तनहुँको शुक्लागण्डकी नगरपालिकाको खैरेनीटारस्थित श्री नं ३ बाहिनी अड्डामा आयोजित फूटबल प्रतियोगितामा खेलाडी सामूहिक तस्वीरमा । सेनाका अधिकृत र व्यवसायीबीच भएको खेलमा सेना विजयी भएको छ । 
जिल्ला कारागार संखुवासभाका कैदीबन्दीलाई मङ्गलबार टेलिभिजन र खेल सामग्री हस्तातरण गर्दै खाँदबारी नगरपालिकाका प्रमुख मुरारीप्रसाद खतिवडा । पच्चीस जना क्षमता भएको कारागारमा १३० जना कैदीबन्दी रहेका छन् । 
बागलुङको गलकोट नगरपालिका–७ मल्मस्थित सिद्धेश्वर शिवालय मन्दिर परिसरमा निर्माणाधीन शिवलिङ्ग मण्डप । बिहीबार महाशिवरात्री पर्वको अवसर पारेर मण्डपमा १०८ शिवलिङ्गको प्रतिस्थापन गरिँदैछ । 
संघीय संसद भवन नयाँ बानेश्वरमा बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सहभागी सांसद । 
सेना दिवस तथा महाशिवरात्रीको अवसरमा तनहुँको खैरेनीटारस्थित श्री नं ३ बाहिनी अड्डाले बुधबार आयोजना गरेको दौड प्रतियोगितामा महिलातर्फ प्रथम हुन सफल कालिकोटका विशेषता ऐरीलाई पुरस्कार वितरण गर्दै नगरप्रमुख किसान गुरुङ । पाँच किमि दूरी उहाँले २३ मिनेट ३० सेकेण्डमा पूरा गर्नुभयो । 
देशकै प्रतिष्ठित औद्योगिक घरना चौधरी ग्रुप ९सिजी०को सामाजिक संस्था चौधरी फाउण्डेशनले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा स्थापना गरेको ‘सिजी उन्नति कल्चर भिलेज’ । मौलिक कला, संस्कृति, साहित्य, वेशभूषा, हस्तकलालगायतको संरक्षण र प्रवद्र्धनका लागि सिजीले गैँडाकोट नगरपालिकाको हर्कपुरमा कल्चरल भिलेज स्थापना गरेको हो । 
म्याग्दीको मालिका गाउँपालिकाको बिलबाङ र सिस्नेरी जोड्ने निर्माणाधीन झोलुङ्गे पुल ।
शिवरात्रीको पूर्वसन्ध्यामा टुडिखेलमा बनाएको शिवको मूर्ति । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: