×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

देश बोल्ने फोटो कथा : मल्लाज दरबारमा रमाउँदै आन्तरिक पर्यटक, काँक्रेविहार मन्दिर परिसरमा व्यापार गर्दै एक महिला

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । 
आजको अंकमा हामीले पर्वत जिल्लाको जलजला गाउँपालिका–३ स्थित ऐतिहासिक मल्लाज दरबारमा रमाउँदै गरेका आन्तरिक पर्यटकदेखि कर्णाली प्रदेश सुर्खेतको पर्यटकीयस्थल काँक्रेविहार मन्दिर परिसरमा चौतारामा राखिएको पसलसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
काँक्रेविहार मन्दिर परिसरमा व्यापार गर्दै एक महिला 
हेरौं फोटो समाचार :
पर्वत जिल्लाको जलजला गाउँपालिका–३ स्थित ऐतिहासिक मल्लाज दरबारमा आन्तरिक पर्यटक । अहिले दरबारमा रिसोर्ट सञ्चालनमा छ ।
कर्णाली प्रदेश सुर्खेतको पर्यटकीयस्थल काँक्रेविहार मन्दिर परिसरमा चौतारामा राखिएको पसल । 

दाङको तुलसीपुर उपमहानगरपालिका–८ मा कालोपत्रे हुँदै गरेको सडक । पछिल्लो समय तुलसीपुर विकास प्राधिकरणले सडक विस्तारको कामलाई तिव्रता दिँदै आएको छ । 
त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटस्थित  बाला त्रिपुरासुन्दरी मन्दिर ।  मन्दिर देशका सय पर्यटकिय गन्तव्यको सूचीमा समेत परेको छ । 
केही युवाले पर्यटन प्रवद्र्धनका लागि नारायणी नदीमा डुङ्गाबाट देशको राष्ट्रिय झण्डा फराउँदै ।  
फेवाताल चारकिल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समितिका संयोजक पुण्य पौडेल, पोखरा महानगर प्रमुख मानबहादुर जिसीलगायत टोलीले बुधबार फेवाताल क्षेत्रको स्थलगत अवलोकनका क्रममा स्थानीय खपौदीबाट फेवातालको सिमाना देखाउँदै । 
पृथ्वीराजमार्ग सुनवल नगरपालिकास्थित बर्दघाटमा पुल निर्माण गरिँदै । 
तनहुँको बन्दीपुर गाउँपालिका–५ लोहीपाखा सामुदायिक वनमा निर्माण गरिएको पोखरी । जङ्गली जनावरलाई पानीको व्यवस्थापन गर्न वनभित्र पोखरी निर्माण गर्न लागेको हो । 
भेरीगङ्गा नगरपालिका–११ चिप्ले   सुर्खेत स्थित  राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँधस्थलमा यातायात सञ्चालनका लागि नयाँ सडक निर्माण गरिँदै । 
पोखरा महानगरपालिका–६ जरेवरबाट देखिएको सूर्योदय ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: