
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नागरिक लगानी कोषको संस्थापक सेयर बुधबारबाट बिक्री खुला भएको छ । प्रिमियर इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको सीआइटीको १ लाख ३ हजार ७०० कित्ता संस्थापक सेयर बुधबारबाट बिक्री खुला गरेको हो । सो सेयरको न्यूनतम भाउ १३ सय ५० रुपैयाँ तोकिएको छ ।
लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी भाउ अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । यसमा चैत १९ गतेसम्म बोलपत्र पेश गर्न पाइनेछ । लगानीकर्ताले न्यूनतम १०० कित्ता र १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ नक्साल काठमाडौं र प्रिमियर इन्सुरेन्सको केन्द्रीय कार्यालय नक्साल काठमाडौंबाट पनि आवेदन दिन सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्