×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रेशमको रिहाइ महन्थ र राजेन्द्रको अडान, उपेन्द्र र बाबुरामलाई पद भए पुग्ने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार

PRIME CA
laxmi sunrise bank

रेशमको रिहाइ महन्थ र राजेन्द्रको अडान, उपेन्द्र र बाबुरामलाई पद भए पुग्ने

काठमाडौं । सर्वोच्च अदालतले फागुन २३ मा गरेको फैसला अनुसार निर्वाचन आयोगले प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेकपा खारेज गरिदियो । नेकपा खारेज भएसँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग–अलग भएका छन् । २०७४ फागुन २ गते नेकपा माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री बनेका केपी शर्मा ओलीको ध्यान अहिले आफ्नो कुर्सी जोगाउनमा केन्द्रित भएको देखिन्छ ।
जसपाका अध्यक्षसमेत रहेका पूर्वराजपाका समूहका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको ध्यान भन्ने अहिले रेशम चौधरीको रिहाइमा नै केन्द्रित भएको देखिन्छ । प्रधानमन्त्री ओली पनि अहिले धर्मसंकटमा परेका छन् । हालसम्म माओवादी केन्द्रले प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता लिएको छैन । माओवादी केन्द्रले समर्थन फिर्ता लिनेबित्तिकै प्रधानमन्त्री ओली अल्पमतमा पर्छन् । उनले संसद्‌मा विश्‍वासको मत लिनुपर्छ । ओलीले विश्‍वासको मत आर्जन गर्न नसकेको अवस्थामा पदबाट राजीनामा दिनुपर्छ । यसको जोडबलमा लागिरहेका ओलीलाई महन्थ ठाकुर र राजेन्द्र महतोले ग्रिन सिग्‍नल दिएका छन् ।
महन्थ ठाकुर र राजेन्द्र महतोले सञ्‍चारमाध्यमहरुमा जे कुरा गरे पनि उनीहरुको एकसुत्रीय माग रहेको देखिन्छ । जुन हो, अदालतले दोषी ठहर गरेका रेशम चौधरीको रिहाइ । राजेन्द्र महतोले सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् पछिल्लो समय, ‘केपी ओलीले ठग्‍नेबाहेक अरु काम गरेको छैन । त्यसकारण पहिले रेशम चौधरीको रिहाइ हुनुपर्‍यो, त्यसपछि ओलीसँग सहकार्य गर्न सकिन्छ ।’ तर जसपामा बाबुराम भट्टराई र उपन्द्र यादव भने प्रधानमन्त्री ओलीलाई साथ दिएर अघि बढ्ने स्थितिमा देखिएका छैनन् । उनीहरुले आफ्नो पदका लागि प्रचण्डसँग सहकार्य गर्न तयार देखिएका छन् । यसअघि ओली सरकारको मन्त्री भएर फर्किएका उपेन्द्र यादवलाई अहिलेको अवस्थामा प्रधानमन्त्री ओलीले मन्त्री नबनाउने देखिएपछि उनले ओलीलाई सहयोग गर्न तयार नभएका हुन् ।
त्यसैगरि जसपा संघीय परिषद्‌ अध्यक्षसमेत रहेका डा। बाबुराम भट्टराई पनि आफू प्रधानमन्त्री बन्‍ने दाउमा रहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका कटु आलोचक डा। भट्टराईलाई ओलीले कुनै पनि हालतमा प्रधानमन्त्री बन्‍न दिँदैनन् । त्यसकारण उनी पनि अहिले एक्लिएका प्रचण्डको पक्षमा उभिँदा सुविधाजनक स्थान पाउन विश्लेषण गरेर ओलीसँग सहकार्य गर्न नसकिने निष्कर्षमा पुगेका छन् । जनता समाजवादी पार्टीमा बाबुराम भट्टराई र उपेन्द्र यादवसँग जम्मा ८ जना सांसद्‌हरु रहेका छन् । जसपामा पूर्व राजपा समूहको बहुमत रहेको छ । त्यसकारण संसदीय दलको नेता पनि पूर्वराजपाबाट नै हुनुपर्ने माग राखिएको छ ।
एमाले एकढिक्का हुँदा १२० जना सांसद् छन् । २७५ सदस्य रहेको प्रतिनिधि सभामा मृत्यु र निलम्बनका कारण अहिले पाँच सदस्यको पद रिक्त छ । अहिले संसदमा कायम रहेको संख्याका आधारमा हेर्दा प्रधानमन्त्री ओलीले पदमा रहिरहनका लागि वा अरु कोही प्रधानमन्त्री बन्नका लागि २ सय ७० को बहुमत (१ सय ३६) सांसदको समर्थन आवश्यक पर्छ । ओलीको एमालेमा १२० र पूर्वराजपाले सरकारलाई समर्थन गरेको अवस्थमा ओलीले सुविधाजनक बहुमत प्राप्त गर्छन् । त्यसकारण प्रधानमन्त्री ओलीले सके सिंगो जसपा र नसके पूर्वराजपा समूहलाई विश्‍वासमा लिएर सत्ता बनाउने लगभग निश्‍चित देखिएको छ । महन्थ ठाकुर र राजेन्द्र महतो पनि रेशम चौधरीको रिहाइको शर्त राखेर सत्तामा जान तयार देखिएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: