×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिद्धिसिद्धि सिमेन्टका महाप्रबन्धकको ‘हर्कत’ : उद्योगका महिलाकर्मचारीमाथि हातपात र दुर्व्यवहार, अन्तत: उद्योग नै बन्द

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

रिद्धिसिद्धि सिमेन्टका महाप्रबन्धकको ‘हर्कत’ : उद्योगका महिलाकर्मचारीमाथि हातपात र दुर्व्यवहार, अन्तत: उद्योग नै बन्द

१९ फाल्गुन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । ऋद्धिसिद्धि सिमेन्टका महाप्रबन्धक लोकेन्द्र बहादुर मल्ल पक्राउ परेका छन् । उद्योगभित्र रहेका महिला कर्मचारीहरुलाई हातपात र दुर्व्यवहार गरेको उजुरीपछी उनी सोमबार पक्राउ परेका हुन् । नेपाल प्रहरीका पूर्व एसएसपीसमेत रहेका उनलाई पक्राउ गरी अनुसन्धानका लागि जिल्ला अदालतबाट ७ दिनको म्याद थपसमेत गरिएको छ । 
 जिल्ला प्रहरी कार्यालय हेटौंडाका एसपी सोमेन्द्र सिंह राठौरले महाप्रबन्धक मल्ल पक्राउ परेको पुष्टि गरेका छन् । राठौरका अनुसार महिलामाथि हातपात र कुटपिटको उजुरी परेपछि उनलाई पक्राउ गरिएको हो ।
मल्लको हर्कत बढी नै भएपछी ती महिलाले प्रहरीसम्म उजुरी गरेकी थिइन् । उक्त घटनापछी त्यहाँको सिमेन्ट उद्योग २ दिनदेखि बन्द गराईएको छ ।
कालोबजारीमा पक्राउ परि मुद्दा खेपेका सुलभ अग्रवालका भाई साहिल अग्रवाल प्रबन्ध निर्देशक रहेको सिमेन्ट उद्योगमा यस अघि पनि विभिन्न काण्डहरु घटीसकेका छन् । रिद्धिसिद्धि सिमेन्ट उद्योगले मकवानपुरमै वन क्षेत्र अतिक्रमण गरेको भन्दै बन मुद्धा समेत दर्ता भएको छ भने यसअघि पनि ऋद्धिसिद्धि सिमेन्टमा यस्ता अनेक काण्डहरु घट्दै आएका छन् ।
यद्यपी उनलाई छुटाउन ठुलै दबाब गइसकेको बुझिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: