×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्पेडदर नघटाउने बैंकका सञ्चालक तथा सीईओलाई कारवाही गर्ने राष्ट्र बैंकको चेतावनी

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

स्पेडदर नघटाउने बैंकका सञ्चालक तथा सीईओलाई कारवाही गर्ने राष्ट्र बैंकको चेतावनी

१७ फाल्गुन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले निक्षेप र कर्जाको ब्याजदर अन्तर (स्प्रेड दर) सीमा नघाउने बैंकहरूलाई कारबाही गर्ने भएको छ । राष्ट्र बैंकले बैंकहरूले ४.४% भन्दा बढी स्प्रेड दर कायम गर्न नपाउने नीतिगत व्यवस्था गरेको छ । तर केही बैंकले सो सीमा पालना नगरेको भन्दै राष्ट्र बैंकले कारबाही गर्ने चेतावनी दिएको हो । 
स्प्रेड दर सीमाभन्दा बढी भएमा पनि कर्जाको ब्याजदरमा भार पर्नसक्ने भएकाले राष्ट्र बैंकले यसमा नियन्त्रण गर्न खोजेको जनाएको छ । राष्ट्र बैंकले आइतबार परिपत्र जारी गर्दै कुनै महिनामा ब्याजदर अन्तरको सीमा नाघेमा सोही त्रैमाससम्ममा सीमाभित्र ल्याउन निर्देशन दिएको छ । 
‘ब्याजदर अन्तरको सीमा उल्लंघन गर्ने संस्थाको सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार कारबाही गरिनेछ ।’ राष्ट्र बैंकले जारी गरेको परिपत्रमा उल्लेख छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: