×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेशनल ईन्टीच्युट अफ टेक्नोलोजीका विद्यार्थीहरुले जिते राष्ट्रिय उद्यमशीलताको उपाधी

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेशनल ईन्टीच्युट अफ टेक्नोलोजीका विद्यार्थीहरुले जिते राष्ट्रिय उद्यमशीलताको उपाधी

१३ चैत्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

श्रीनगर । श्रीनगरस्थित नेशनल ईन्टीच्युट अफ टेक्नोलोजी (एनआईटी)का विद्यार्थीहरुले राष्ट्रिय उद्यमशीलता चूनौति (एनईसी) प्रतिस्पर्धाको उपाधी जितेका छन् । ईन्डीयन ईन्स्टीच्युट अफ टेक्नोलोजी (आईआईटी मुम्बई) विश्वविद्यालयमा आयोजित प्रतिस्पर्धामा एनआइटीका २२ जना विद्यार्थीहरुले राष्ट्रिय उद्यमशीलताको उपाधी जितेका हुन् । श्रीनगर एनआईटी विश्वविद्यालयका निर्देशक प्रोफेसर राकेश सेहगलले विद्यार्थी टोलीका सल्लाहकार डा. साद पर्भेजलाई धन्यावाद तथा बधाई दिएका छन् ।
यो राष्ट्रिय स्तरको प्रतिस्पर्धामा देशभरबाट विभिन्न कलेज तथा विश्वविद्यालयबाट विद्यार्थीहरु सहभागी हुने उनले बताए । प्रतिस्पर्धाहरुले विभिन्न अन्वेषण तथा उधमशीलता प्रस्तुत गर्ने महत्वपूर्ण प्रतिस्पर्धामा आफ्नो विद्यार्थीहरुले जित हासिल गर्नू गौरवको विषय भएको उनले बताएका छन् । एनईसी प्रतिस्पर्धाले क्याम्पसहरुमा उधमशीलताको वातावरण निर्माण गर्ने तथा विधार्थीहरुलाई नेतृत्व क्षमता विकास गर्न सहयोग गर्ने निर्देशक सेहगलले बताए ।
एनईसी प्रतिस्पर्धा छ महिना लामो समयसम्म सञ्चालन भएको थियो । सन् २०१६ मा श्रीनगर एनआईटी विश्वविद्यालय पाचौं र सन् २०१७ मा छैटौं स्थानमा आएको थियो । देशभरबाट सहभागी तीन सय बीस टोलीमध्ये श्रीनगर एन्आईटी विश्वबिधालयले पहिलो स्थान ओगटेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: