
काठमाडौं । चीनले नेपाली भूमिमा अतिक्रमणलाई तीव्रता दिए पनि सरकार भने अझै मौन देखिएको छ । हुम्लामा गरेको सीमा अतिक्रमणका विषयमा चर्को जनदबाब हुँदा पनि सीमा मिचिएको छैन भनेर पन्छिएको सरकार ताप्लेजुङमा भइरहेको अतिक्रमणबारे बेखबरजस्तै बनेको छ । ताप्लेजुङको तिप्तला भञ्जाङ र ओलाङचुङगोलामा चीनले आफ्ना संरचनाहरु बनाएको छ । तर नेपाल सरकार भने यस विषयमा बेखबर बन्नुले सरकार मुलुकको स्वाधिनता, भौगोलिक अखण्डता र भूगोलको सुरक्षाका विषयमा निहित स्वार्थका लागि सम्झौता गरेको देखिन्छ ।

नेपाल-चीन सीमा अध्ययन-२०२१ को रिपोर्ट अनुसार चीनले नेपालका तीनवटा जिल्लामा चीनले भूमि अतिक्रमण गरेको पाइएको हो । नेपाल मानवअधिकार संगठनले तयार गरेको उक्त प्रतिवेदन अनुसार ताप्लेजुङको तिप्तला भञ्याङमा पनि चिनियाँद्वारा नेपाली भूमि अतिक्रमण गरेको छ । उक्त प्रतिवेदनमा भनिएको छ, ‘उत्तरी सीमा क्षेत्र तिप्तला भञ्याङमा चिनियाँ अतिक्रमण देखिन्छ । त्यसैगरि ओलाङचुङ गोलाका स्थानीय अनुसार चीनले नेपाली भूमिमा भन्सार कार्यालयको संरचना बनाएको छ ।’

प्रतिवेदनमा गेटसहितको उक्त भवन चिनियाँ भूमि पर्ने चिनियाँ अधिकारीहरुले बताएको उल्लेख छ । प्रतिवेदनमा थप भनिएको छ, ‘स्थानीयहरुले विरोध गरेपछि चिनियाँ पक्षले नो म्यान्स ल्याण्डमा उक्त संरचनाहरु बनाएको बताएका थिए । तर सरकारी अधिकारीहरुसँग बुझ्दा उत्तरी सीमा क्षेत्रमा कुनै नो म्यान्स ल्यान्ड निर्धारण नगरिएको पाइएको छ ।’ ओलाङचुङगोलाका स्थानीयहरुले भने चिनियाँ पक्षले उक्त भवनहरु नेपाली भूमिमा बनाएको बताइरहेका छन् । त्यहाँ चिनियाँ पक्षले भव्य भवनहरु बनाएको भन्दै स्थानीयले पटक-पटक गुनासो गर्दा पनि सरकार भने मौन देखिएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्