
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । बैंकिङ कसूर मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोले उक्त मुद्दामा चितवन रत्ननगर न.पा. वडा नं. १३, दयानगर घर भई ललितपुर म.पा. वडा नं. १४, तिखिदेवल बस्ने बर्ष ४४ का तेज बहादुर खड्कालाई पक्राउ गरेको हो । ब्युरोले तिखिदेवलमै लुकीछिपी बसिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको जनाएको छ ।
अन्जनी नन्दन मारुको जाहेरीमा उच्च अदालत पाटनले २०७६/०३/२३ गते ५ दिन कैद र २१ लाख रुपैयाँ जरिवाना हुने ठहर भएको फैसला सुनाएको थियो । त्यसपछि फरार भएका थिए । अदालतको फैसला कार्यान्वयनको लागि उनलाई चितवन जिल्ला अदालतमा पेश गरिएको छ । खड्काले २०७५ सालमा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी आफैले संचालन गर्ने सफायर ट्रेडिङ् कम्पनी प्रा.लि. महालक्ष्मीस्थान, ललितपुरको नामबाट संचालित सिभिल बैंक लिमिटेड, शाखा कार्यालय जावलाखेलको खाताबाट भुक्तान हुने गरी बिभिन्न मितिका चेकहरु काटी अन्जनी नन्दन मारुलाई दिएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्