×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चीनले हङकङको निर्वाचन प्रणालीमा हस्तक्षेप गरेको भन्दै अमेरिकाले गर्यो निन्दा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

चीनले हङकङको निर्वाचन प्रणालीमा हस्तक्षेप गरेको भन्दै अमेरिकाले गर्यो निन्दा

३ चैत्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

वासिंटन । चीनले हङकङको निर्वाचन प्रणालीमा हस्तक्षेप गरेको भन्दै अमेरिकाले निन्दा व्यक्त गरेको छ । चीनले हङकङमा राष्ट्रवादी व्यक्तिले मात्र शासन गर्न पाउने प्रस्ताव पारित गरेपछि अमेरिकाले निन्दा गरेको हो । चिनियाँ प्रस्ताबले हङकङमा बिरोधी पक्षलाई थप दमन गर्ने भन्दै अमेरिकाले चीनको निन्दा गरेको हो। चीनले लोकतान्त्रिक संस्था हङकङमा आक्रमण र दमन बढाइरहेको भन्दै अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले आलोचना गरे । प्राइसले चीनको पछिल्लो कदम हङकङको स्वायत्तता, स्वतन्त्रता र लोकतान्त्रिक प्रक्रियामाथिको प्रत्यक्ष आक्रमण’ भएको उल्लेख गर्दै त्यस्तो व्यवस्था कार्यान्वयनमा ल्याइए हङकङका लोकतान्त्रिक संस्थाहरूलाई निकै कमजोर बनाउने टिप्प्णी गरेका छन् ।
हङकङको निर्वाचन प्राणालीमा हस्तक्षेपकारी नीति चिनियाँ कम्युनिष्ट पार्टी अन्तगतको चीनको संसदबाट पारित भएको छ । यो सन् १९९७ मा हङकङ चीनमा फिर्ता भएयताकै ठूलो कदम रहेको विश्लेषण गरिएको छ । प्रस्तावमाथी चिनिया कम्युनिष्ट पार्टीको स्थायी समितीले निर्वाचन सुधार प्रक्रियाबारे विस्तृत गर्ने कार्यक्रम रहेको जनाइएको छ । नयाँ निर्वाचन प्रणाली अन्तर्गत हङकङमा नेतृत्व चुन्ने प्रक्रियामा चीनको उच्च निकायका अधिकारीहरु निर्वाचन समितीमा रहने छन् । यो कदमले चीनको संस्थापन पक्षमा काम गर्ने र हङकङमा प्रतिपक्षी र लोकतन्त्रवादी समुहलाई दमन गर्ने विश्लेषण गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: